
दोस्रो सातामा समेत भारतीय बक्सअफिसमा अभिनेता टाइगर श्राफको फिल्म 'बागी २' ले धूम मच्चाउन छाडेको छैन । यो फिल्मले बलिउडका ठूला स्टारका फिल्मको लाइफटाइम रेकर्ड तोड्ने दौडमा छ ।
'बागी २' को १० दिनको कमाईले अक्षयको यो फिल्मको लाइफटाइम रेकर्ड टुट्यो
बलिउड बक्सअफिसमा सय करोड क्लबमा इन्ट्री हुने अक्षय कुमारको फिल्म 'ट्वाइलेट : एक प्रेम कथा' (१३४.२५) करोड र 'राउडी राठौर' (१३३) करोडको रेकर्ड ब्रेक भएको छ ।
टाइगर श्राफको ब्लकबस्टर हिट फिल्म 'बागी २' ले रिलिजको १० दिनमा नै अक्षयका यी फिल्मको रेकर्ड तोडेको हो ।

'बागी २' ले दोस्रो विकेन्डसम्ममा कूल १३५.३५ करोडको कलेक्सन गरेको छ । अक्षयपछि यस फिल्मले अब सलमान खानको फिल्म 'दबंग' को लाइफटाइम कलेक्सन (१४०) करोडको रेकर्ड तोड्नका लागि तयार छ ।
यो लिस्टमा अजय देगवनको फिल्म 'सिंघम रिटर्न्स' (१४०) करोड र शाहरुख खानको 'रईस' (१३७.५१) करोडको नाम पनि सामेल छ ।
आईपीएलले गरेन 'बागी २' लाई असर
धेरै डाइरेक्टर्सले ७ अप्रिलबाट सुरु भएको आईपीएलका कारण आफ्नो फिल्मको रिलिज डेट पोस्टपोन्ड गरेका थिए । तर, 'बागी २' लाई आईपीएलले कुनै असर गरेको छैन । हलमा दर्शकको फ्लो उस्तै छ ।

यस फिल्मले दोस्रो हप्ताको शुक्रवार ५.७०, शनिवार ७.३० र आइतवार ९.५० करोडको कलेक्सन गरेको छ । 'बागी २' ले देशमा मात्र नभई विदेशमा पनि उतिक्कै सानदार कमाई गरेको छ । तरण आदर्शका अनुसार, अहिलेसम्ममा यस फिल्मले विदेशबाट कूल ३९.३८ करोड कमाएको छ ।
'रेड' र 'हिचकी' ले कति कमाए ?
यस वर्ष सय करोड क्लबमा नाम लेखाउन सफल फिल्म 'रेड' ले आफ्नो चौथो हप्तासम्ममा कूल १०१.५४ करोडको विजनेश गरेको छ । 'रेड' अजय देवगनको सय करोड क्लबमा इन्ट्री हुने चौथो फिल्म हो ।

यस्तै, २३ मार्चमा रिलिज भएको रानी मुखर्जीको फिल्म 'हिचकी' पनि बक्सअफिसमा हिट साबित भएको छ । करीब २० करोड लागतमा बनेको यस फिल्मले अहिलेसम्ममा कूल ४१ करोडभन्दा बढीको कलेक्सन गरिसकेको छ ।

