Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.33/5.00)
Text size:-
+
-

बन्ने भयो ‘प्रसाद’, नम्रता र विपिनको जोडी पर्दामा

फिल्मीखबर, काठमाण्डौ, 2018/04/09
‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘पर्व’ फेम निर्देशक दिनेश राउतको निर्देशनमा नयाँ फिल्म ‘प्रसाद’ बन्ने भएको छ । फिल्ममा निर्देशक राउतको फेभरेट एक्ट्रेस नम्रता श्रेष्ठ लिड रोलमा रहनेछिन् भने उनको अपोजिटमा अभिनेता विपिन कार्की छन् । 
 
 
यस फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा औपचारिक निर्माण घोषणा गरियो ।
 
निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा फिल्मले बोल्ने निर्देशक राउतले जानकारी दिए । 
 
उनी भन्छन्, ‘लभस्टोरी फिल्म निर्देशन गर्दैगर्दा मैले थ्रिलर जनराको ‘पर्व’ बनाएँ । ‘प्रसाद’ फ्यामिली ड्रामा हो । रुवाउन र हँसाउन त नसक्ला तर यस फिल्मले सोच्न भने बाध्य बनाउँछ ।’
 
 
अभिनेत्री नम्रताले फिल्मको स्टोरी उत्कृष्ट लागेको कारण काम गर्न लागेको बताइन् । यस्तै, अभिनेता विपिनले कथाझैँ फिल्म पनि उतिक्कै रसिलो बन्नेमा विश्वस्त रहेको बताउँछन् । 
 
पर्दामा नम्रता र विपिन श्रीमान-श्रीमतिको भूमिकामा रहनेछन् । यस फिल्मको कथा पत्रकार सुशील पौडेलले लेखेका हुन् । उनले आफूले बुझेको र देखेको समाजको एक घट्नालाई कथामा उतार्ने प्रयास गरेको बताए । 
 
उनी भन्छन्, ‘यदी फिल्म दर्शकको मनसम्म बस्न सके म आफूलाई भाग्यमानी ठान्नेछु नभए मैले अझै मेहनत गर्नुपर्छ भन्ने पाठ सिक्ने छु ।’ 
 
 
फिल्म ‘प्रसाद’ मा नवीन मानन्धरको पनि प्रमुख भूमिका रहनेछ । सुभाष थापा निर्माता रहेको फिल्मको छायांकन बैशाख पहिलो साताबाट सुरु हुनेछ । राजेश श्रेष्ठले खिच्ने फिल्ममा कोशिस क्षेत्री र सुवास भुषालको संगीत सुन्न सकिनेछ । 
Most Visited News (monthly)