Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राजेश हमाललाई राजदूत बन्ने आकांक्षा

फिल्मीखबर, काठमाण्डौ, 2018/04/09
आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन दिने भारत भ्रमण सकेर स्वेदश फर्किएका अभिनेता राजेश हमालले राजदूत बन्ने आकांक्षा रहेको स्पष्ट संकेत गरेका छन् । 
 
नयाँ दिल्लीको पाँच तारे होटल ताज महलको बसाईको क्रममा एक मिडियासँगको कुराकानीमा उनले राजदूत बन्न प्रस्ताव आए 'नाइँ भन्न' नसक्ने बताएका छन् । 
 
 
उनले भने, 'पिताजीको लिगेसी आफ्नो ठाउँमा छ । मलाई आजसम्म राजदूत बन्न त्यस्तो कुनै झिनो प्रस्ताव आएको छैन । प्रधानमन्त्रीज्यूले मसँग त्यो कोणबाट कहिल्यै कुरा गर्नु भएको छैन । तर मेरो भित्री इच्छा सोध्नुहुन्छ भने त्यो पाटो अंगाल्नै मन छैन चाहीँ भन्दिनँ ।' 
 
उनी थप्छन्, 'प्रत्यक्ष नभए पनि अप्रत्यक्ष, हिङ नभएपनि हिङ बाँधेको टालो हुँ म । केही कुटनीति स्वभाविक रुपमा बुझेको पनि छु। राष्ट्रको आवश्यकता अनुसार कुटनीतिक भूमिका निर्वाह गर्नसक्छु ।' 
 
ओलीसँग भारत भ्रमणमा निस्कँदै गर्दा यतिबेला हमाललाई भारतको लागि नेपाली राजदूत बनाउन लागिएको चर्चा सुरु भएको छ । उनी पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निकै नजिक छन् । 
 
गएको स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष देवेन्द्र रिमालमा जिताउनका लागि उनले एमालेको झण्डा नै बोकेर कपुरधाराका गल्ली-गल्ली चहारेका थिए ।  तर, उनी आफू 'एमाले हुँ' भन्न चाहीँ सकिरहेका छैनन् । 
 
 
प्रधानमन्त्री ओलीसँग भारत भ्रमणमा रहँदा उनले बलिउड अभिनेत्री अमिशा पटेल, जया पर्दा, अभिनेता गोविन्दाकी श्रीमति सुनितासँग पनि भेट गरेका छन् । उनले उक्त भेटको तश्बिर आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् ।
 
(नेपालखबरको सहयोगमा)
Most Visited News (monthly)