Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कन्फर्म : जेठ १२ मा सलमान नेपाल आउने

फिल्मीखबर, काठमाण्डौ, 2018/04/08
बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर कोर्टले धरौटीमा रिहा गरे लगत्तै उनको नेपाल दबंग टुरको मिति घोषणा गरिएकोे छ । उनलाई दुई कालो हरिण शिकारको मुद्धामा बिहीवार जोधपुरको स्पेशल कोर्टले पाँच वर्षको जेल सजाय सुनाएको थियो । 
 
जेलबाट छुटेको केही घण्टामा नै नेपालको आयोजक संस्था ओडिसीलाई एक पत्र मार्फत दबंग टुरको भारतस्थित अफिसियल इभेन्ट म्यानेजमेन्ट कम्पनी जेए इभेन्ट्सले सलमानको नेपाल कन्सर्टको मिति सार्वजनिक गरेको छ । 
 
 
पत्रमा उनको नेपाल कन्सर्ट वर्ष २०७५ को शनिवार जेठ १२ गते उल्लेख छ । उक्त पत्र ओडिसीले आफ्नो आधिकारिक फेसबुक पेजमा पनि राखेको छ । 
 
कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने छ ।
 
जोधपुरको अदालतले ५ वर्षको जेल सजाय सुनाएपछि सलमानको बैशाख पहिलो साता हुने भनिएको नेपाल टुर अन्योलमा परेको थियो । अब नेपालको आयोजक संस्थाले ‘दबंग द टूर नेपाल’ का लागि टिकट विक्रि फेरि सुरु गरेको छ । 
 
यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेन्मेन्टले फागुन २६ गतेको 'द दबंग टुर' कार्यक्रम तत्काललाई स्थगित गरेको थियो । 
Most Visited News (monthly)