Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आसारामले भनेपछि सलमानले लिए यस्तो निर्णय

एजेन्सी, मुम्बई, 2018/04/08
सुपरस्टार सलमान खानलाई जोधपुरको अदालतले शनिवार धरौटीमा रिहा गरेको छ । कालो हरिण शिकारको मुद्धामा उनलाई जोधपुरको स्पेशल कोर्टले ५ वर्षको जेल सजाय सुनाएको थियो ।  सलमान बिहीवारदेखि जोधपुर सेन्ट्रल जेलमा बन्द थिए । 
 
 
शनिवार सेशन्स कोर्टले उक्त मुद्धामा सुनवाई गर्दै दुई वटा कालो हरिण मारेको हुनाले खानलाई २५/२५ हजारको दरले धरौटी रकम भर्न लगाएको छ ।  जेलबाट रिहा भए लगत्तै उनी घर मुम्बईका लागि सिधै एयरपोर्ट पुगेका थिए ।  
 
सलमानका हजारौं प्रशंसकले उनको घरको सामुन्ने खुसीयाली मनाएका छन् । घर पुगेर उनले आफ्ना फ्यानलाई हात हल्लाउँदै धन्यवाद व्यक्त गरे । 
 
जेलबाट एयरपोर्ट जाने बाटोमा सलमानको एक झलक हेर्नका लागि प्रशंसकको ठूलै भीड लागेको थियो । उनका फ्यानले बाटोमा गुलाबको फूल ओछ्याएका थिए । 
 
कोर्टले सलमानलाई ७ मेमा अदालतमा उपस्थित हुने आदेश दिएको छ । अदालतबाट जमानत मिले पनि अब उनी बिना कोर्टको परमिशन देश बाहिर जान पाउने छैनन् । 
 
आसारामले भनेपछि सलमानले लिए यस्तो निर्णय 
 
बलिउड एक्टर सलमान खान बिहीवारबाट जोधपुरको सेन्ट्रल जेलमा बन्द थिए । उनलाई आसारामसँग 'ब्यारेक नम्बर २' मा राखिएको थियो । खबरअनुसार, सलमानले त्यहाँ आसारामसँग कुराकानी पनि गरेका छन् । 
 
 
त्यही सलमानले आसारामको एक कुरा मानेका छन् र उनले यो वचन दिएका छन् कि अब उनले कहिले त्यस्तो गल्ती गर्ने छैनन् । 
 
सुत्रका अनुसार, सलमानलाई जेलमा सिगरेट लिँदै गएको देखेपछि आसारामले भने, 'सिगरेट लिन छाडिदेऊ ।' र, उनले वचन दिए, 'अब कहिल्यै सिगरेट लिने छैनँ ।'
Most Visited News (monthly)