Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.00/5.00)
Text size:-
+
-

३ करोडको फिल्म बनाउँदै राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2018/04/08
महानायकको ट्याग पाएका अभिनेता राजेश हमाल अब फिल्म निर्देशनमा होमिने कन्फर्म भएको छ । आफ्नो जर्बजस्त अभिनयबाट बर्षौदेखि नेपाली फिल्ममा राज गरिरहेका उनलाई चाँडै एक्सन-कट गर्दै गरेको देखिने भएको छ ।  
 
फिल्ममा उनको निर्देशन र अभिनय रहनेछ । उनको अपोजिटमा अभिनेत्री प्रियंका कार्की हुने लगभग पक्कापक्की भइसकेको स्रोत बताउँछ ।
 
देश तथा विदेशमा हुने धेरै साँस्कृतिक कार्यक्रममा हमाल र प्रियंकाले कम्मर मर्काएका छन् । खबरअनुसार, केही दिनमा नै प्रियंकाले औपचारिक रुपमा फिल्म साइन गर्दैछिन् । 
 
 
यस्तै, अभिनेत्री नम्रता सापकोटासँग पनि मौखिक कुराकानी भएको छ । ३ करोड बजेट रहने फिल्मको अधिकांश छायांकन अमेरिकामा हुनेछ ।
 
फिल्मको स्क्रिप्टको काम सकिसकेको र अहिले हमाल कलाकार छनौटमा जुटेका छन् । अमेरिकामा बस्दै आएका अनिल पाण्डे र युवराज कार्कीले निर्माण गर्ने फिल्मको नाम गोप्य राखिएको छ ।
 
फ्लोरमा गएपछि मात्र फिल्मको नाम 'रिभिल' गरिनेछ । केही दिन अगाडि मात्र उक्त फिल्मका लागि चार गीत रेकर्ड भइसकेका छन् । 
Most Visited News (monthly)