Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ह्याप्पी डेज’ को पाँचौ रिलिज डेट घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/04/08
मङ्सिर १५, माघ ११, चैत १६ पछि फिल्म ‘ह्याप्पी डेज’ को रिलिज डेट चैत २ गतेलाई तय गरिएको थियो । अब फिल्मको पाँचौ रिलिज डेट सार्वजनिक भएको छ । उक्त फिल्म पटक-पटक बलिउड फिल्मकै कारण प्रदर्शनमा आउन सकेको थिएन । 
 
अब ‘ह्याप्पी डेज’ बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । निर्देशक मिलन चाम्स भन्छन्, ‘अब फिल्मको रिलिज डेट फेरबदल हुन्न । बैशाख १४ गते नै ‘ह्याप्पी डेज’ देशभर प्रदर्शनमा आउनेछ ।’
 
‘मैले निर्देशन गरेको ‘लिलिबिली’ को प्रचार लगभग सकिएको हुँदा अब सम्पूर्ण समय ‘ह्याप्पी डेज’ मा दिनेछु । र, प्रचार अब आक्रामक बनाइनेछ ।’ उनी थप्छन् । 
 
 
चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आइको प्रस्तुतीमा तयार भएको यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बुलगायतका कलाकारहरुको प्रमुख भूमिका छ । 
 
फिल्मलाई रामकुमार केसीले खिचेका हुन् । पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले बोल्छ । 
 
वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन बेलायतका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको छ । 
 
ताराप्रकाश लिम्बु, राजनराज सिवाकोटीको संगीत, मिलन चाम्स र कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन यो फिल्ममा छ ।
 
रोचक कुरा त बैशाख १४ मा यसअघि नै केकी अधिकारी निर्मित फिल्म ‘कोहलपुर एक्सप्रेस’ रिलिज हुने कन्फर्म भइसकेको छ । दुबै फिल्ममा प्रियंका कार्की लिड रोलमा छिन् । अब बैशाख १४ ‘प्रियंका भर्सेज प्रियंका’ हुने भएको छ । 
Most Visited News (monthly)