Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धरौटीमा छुटे सलमान, प्रशंसकले बाटोमा ओछ्याए गुलाब

एजेन्सी, मुम्बई, 2018/04/07
सुपरस्टार सलमान खानलाई जोधपुर कोर्टबाट जमानत मिलेको छ । कालो हरिण शिकारको मुद्धामा उनलाई बिहीवार जोधपुरको स्पेशल कोर्टले पाँच वर्षको जेल सजाय सुनाएको थियो । 
 
बिहीवारदेखि सलमान जोधपुर सेन्ट्रल जेलमा बन्द थिए । शनिवार सेशन्स कोर्टले दुई वटा कालो हरिण मारेको हुनाले खानलाई २५/२५ हजारको दरले धरौटी रकम भर्न लगाएको छ ।  
 
 
 
सरकारी वकील भवानी सिंह भाटले सलमानको जमानतको विरोध गरेका थिए । उनले भनेका थिए, 'यो सजाय निलम्बनको मुद्धा हो, कुनै नियमित जमानतको मुद्धा होइन ।'  
 
सलमानका वकीलले कोर्टमा भने, 'यो २० वर्षमा सलमानले सधै कोर्टको सम्मान गरेका छन् । यो २० वर्षमा कहिले पनि उनले बेल जम्प गरेनन् र सधै सुनवाईको क्रममा कोर्टमा उपस्थित रहे । उनले जाँचमा पनि पूरा-पूरा सहयोग गरेका छन् ।'  
 
वकील महेश बोराले भने, 'सलमान निर्दोष छन्, उनलाई झुटो केसमा फसाइएको छ ।' जमानतपछि बोराले आफूहरुलाई इन्साफ मिलेको बताए । 
 
अदालतबाट जमानत मिले पनि सलमान खान बिना कोर्टको परमिशन देश बाहिर जान पाउने छैनन् । 
 
सुरक्षा घेरामा निस्किए सलमान 
 
करीब ५ बजेर ४० मिनेट जाँदा सम्पूर्ण औपचारिक प्रक्रिया पूरा गरेर सलमान जेलबाट बाहिर निस्किसकेका छन् । उनी कडा प्रहरी सुरक्षाका बीच घर मुम्बई जानका लागि एयरपोर्ट पुगेका छन् । सलमानसँग उनका बडिगार्ड शेरा पनि छन् ।  
 
हजारौं प्रशंसक जोधपुर एयरपोर्ट जाने सडकमा सलमानको एक झलक हेर्नका लागि व्यग्र प्रतिक्षा गरिरहेका थिए । भीडमा हरेक उमेर समुहका व्यक्ति देखिन्थे । सडकमा 'सलमान खान जिन्दाबाद' जस्ता नारा घन्किएका छन् । 
 
 
फैसलापछि जोधपुरको अदालत अगाडि हजारौं प्रशंसकले खुसी साटासाट गरेर मिठाई बाढेका थिए । सलमान एयरपोर्ट जाने बाटोमा उनका प्रशंसकले गुलाबको फूल ओछ्याएका छन् । उनको क्रेज कस्तो छ यसबाटै थाहा हुन्छ । 
 
कयौं उनका प्रशंसकहरु गएको तीनदिन देखि जेल बाहिर बसिरहेका थिए । यहाँ सम्मकी जोधपुर जेल बाहिर केही फ्यानले सलमानको कैदी नम्बर १०६ को पट्टि बनाएर आफ्नो निधारमा लगाएका थिए ।    
Most Visited News (monthly)