Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माधव नेपाल र नारायणकाजीलाई ‘शत्रु गते’ ले हँसायो

फिल्मीखबर, काठमाण्डौ, 2018/04/07
शुक्रवारबाट फिल्म ‘शत्रु गते’ ले तेस्रो सातामा आफ्नो प्रदर्शन आरम्भ गरेको छ । गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको यस फिल्मलाई दर्शकबाट ‘वर्ड अफ माउथ’ राम्रो मिलेको छ । 
 
तेस्रो सातामा प्रवेश गर्दा ८ करोड भन्दा बढीको ग्रस कलेक्सन गर्न सफल यस फिल्मलाई दर्शकले मात्र होइन देशका राजनीतिज्ञहरुले पनि उतिक्कै रुचाएका छन् । एकपछि अर्को गर्दै विभिन्न पार्टीका नेताहरु फिल्म हेर्न हल जाने क्रम बढिरहेको छ । 
 
 
यसैबीच, पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ‘शत्रु गते’ हेरेका छन् ।
 
राजधानीस्थित बागबजारमा रहेको सिटी म्याक्स हलमा उनीहरुसँगै एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, बेदुराम भुषाल, एमाले केन्द्रिय विभाग सदस्य रामेश्वर श्रेष्ठले पनि फिल्म हेरेका हुन् । 
 
फिल्म हेरिसकेपछि सबैले ‘शत्रु गते’ ले भरपुर मनोरञ्जन दिएको बताएका छन् । एमाले नेता माधवकुमार नेपालले भने, 'युवादेखि बृद्धसम्मका दर्शकलाई हलसम्म तान्ने फर्मुला यसमा छ । फिल्ममा सबैको भूमिका उत्तिकै राम्रो छ, म धेरै ठाउँमा मज्जाले हाँसे ।’ 
 
 
यस्तै, नारायणकाजी श्रेष्ठले पनि ‘शत्रु गते’ को तारिफ गरे । उनले भने, ‘फिल्म एकदमै मनोरन्जनात्मक छ । सामाजिक यथार्थलाई पनि देखाइएको छ । समाजमा देखापरेका कुरुतीलाई हटाउने सन्देश पनि यसमा छ । फिल्मले हँसाउँछ भने रुवाउने कोशिश पनि गरेको छ ।’ 
 
फिल्मलाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टाराईले निर्देशन गरेका हुन् । यसमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेललगायतको अभिनय रहेको छ ।
Most Visited News (monthly)