Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विवादका ‘सुल्तान’ हुन् सलमान खान

एजेन्सी, मुम्बई, 2018/04/07
 
बलिउडका दबंग खान उर्फ सलमान खान आफ्नो 'ब्याड ब्वाई' को इमेजबाट त बाहिर आइसकेका छन्, तर इतिहासमा केही यस्ता घट्ना वा यसो भनौं केही गल्तीका कारण आजसम्म उनी कोर्टको चक्कर काटिरहेका छन् । 
 
५ अप्रिल सलमान खानका लागि निकै मुश्किलको दिन रह्यो । जोधपुरको अदालतले उनलाई २० वर्ष पुरानो कालो हरिण शिकारको मुद्धामा ५ वर्षको जेल सजाय सुनाएको छ । सजाय सुनाए लगत्तै उनलाई प्रहरीले हिरासतमा लिएर जेल चलान गरिसकेको छ । उनले बिहीवार र शुक्रवार जेलको हावा खाइसकेका छन् ।  
 
सलमान खान पहिलो पटक जेल गएका भने होइनन् । बलिउडका 'सुल्तान' भनिने उनले यसअघि चार पटक जेलको हावा खाइसकेका छन् र यो उनको पाँचौ पटक हो । बलिउडका सफल कलाकार मध्येका एक सलमानमाथी वर्तमान अवस्थामा फिल्म निर्माताहरुको करीब ६ सय करोड रुपैयाँ लागेको छ । 
 
विवादास्पद निजी जिन्दगीमा भाईको पहिचान बनाएका सलमानसँग राम्रो र नराम्रो दुबै चरित्र जोडिएका छन् । 
 
 
कालो हरिणको शिकार
 
१. सलमानले १९९८ मा जोधपुरको नजिकको जंगलमा एक विलुप्तप्राय दुई कालो हरिणलाई मारेका थिए । प्रायः आफ्नो विवादास्पद बयानका कारण चर्चामा रहने सलमान सायदै कठिन घडीबाट बाहिर आएका छन् ।  
 
२. सलमान पहिलो पटक जोधपुरमा १९९८ मा सूरज बडजात्याको फिल्म ‘हम साथ साथ हे’ को सुटिङको क्रममा कठिनाईहरुबाट घेरिए ।   
 
३. मुद्धा दर्ता गराएका व्यक्तिका अनुसार, सलमान र फिल्ममा उनका साथी कलाकार तब्बू, सैफ अली खान, नीलम र सोनाली बेन्द्रे एक जिपबाट बाहिर आए । 
 
सलमानले गाडी चलाइरहेका थिए र सोही बेला उनले कालो हरिणको एक झुन्ड देखे र तीमध्ये दुईलाई गोली हाने । गोली लागेका दुई कालो हरिणको तत्कालै मृत्यु भयो ।  
 
४. यो मुद्धाका आरोपी चार अन्यलाई जोधपुरको अदालतले क्लिन चिट दिएको छ । यस्तै, सलमानलाई अदालतले जेल पठाएको छ । यसअगाडि १९९८, २००६ र २००७ मा कूल १८ दिन उनी शिकारको मामलामा जेल बसेका थिए ।  
 
 
हिट एण्ड रन केस
 
१. बान्द्रामा २८ सेप्टेम्बर २००२ मा हिट एण्ड रन मामलामा सलमान केही समय मुम्बईको जेलमा बस्नु परेको थियो । 
 
त्यस बेला उनको ल्याण्ड क्रूजरले बान्द्रामा हिल रोडको नजिक फुटपाथमा सुतिरहेका केही व्यक्तिलाई कुल्चिएको थियो, जसमा एक व्यक्तिको मृत्यु र चार घाईते भएका थिए ।  
 
२. मामला २००२ देखि २०१५ सम्म चल्यो । त्यसबेला तल्लो अदालतले ६ मेको उनलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । यसपछि जुलाईमा बम्बई हाईकोर्टमा सुनवाई भयो । 
 
१० डिसेम्बरमा अदालतले उनलाई रिहा गर्‍योे, जसको विरुद्ध महाराष्ट्र सरकार अपिल गर्ने तयारीमा छ ।  
 
 
ऐश्वर्या राय उत्पीडन मामला
 
१. वर्ष २००२ मा उनकी पूर्व गर्लफ्रेन्ड ऐश्वर्या रायले उनीमाथी उत्पीडनको आरोप लगाएकी थिइन् र सोही वर्षको मार्चमा यी दुई अलग भए ।  
 
२ ऐश्वर्याले आरोप लगाएकी थिइन् कि अलग भएपनि सलमान लगातार उनलाई फोन गर्दथे र मदिरा सेवन गरेर उनको घरको ढोका ढकढक्याउँथे । उनले उनीमाथी ‘शारीरिक, मौखिक र भावनात्मक’ दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।  
 
 
पाकिस्तानी च्यानल इन्टरभ्यू विवाद
 
१. सधै कठिनाईबाट घेरिँदै आएका सलमानको तब जोडदार आलोचना भएको थियो जब उनले एक पाकिस्तानी च्यानललाई दिएको अन्तर्वार्ताको क्रममा ‘२६...११’ मा मुम्बई आतंकवादी हमलालाई यसकारण बढाईचढाई गरेर पेश गरिएको थियो कि त्यसमा धनाड्य मानिसलाई निशाना बनाइएको थियो । 
 
२. पछि ट्विटरमा उनले लेखे, ‘हरेक व्यक्तिको एउटै मूल्य छ र आतंकवादको कृत्य दुनियाँबाट कसैलाई पनि माफ गर्न सकिन्नँ । चाहे त्यो ९...११ र २६...११ ।’
 
 
‘सुल्तान’ को क्रममा भयो रेप विवाद  
 
१. हालैमा उनले फिल्म ‘सुल्तान’ को प्रमोशनको क्रममा शारीरिक व्यायामबाट भरिएको सुटिङको तुलना ‘बलात्कारको शिकार महिला’ बाट गरेका थिए ।
 
विवादका बीच पनि स्टारडम कायम
 
१. पछिल्लो केही वर्षदेखि उनले विभिन्न च्यारिटी कार्यक्रम सुरु गरेका छन् र २००७ मा उनले 'बीइंग ह्यूमन' को गठन गरे । रोचक कुरा त कयौं कानुनी विवादका बीच पनि उनको स्टारडममा रत्ति कमी आएको छैन ।  
 
२. वर्ष १९८८ मा ‘बीवी हो तो ऐसी’ फिल्मबाट बलिउडमा पाइला राखेका सलमान करीब तीन दशकदेखि फिल्म क्षेत्रमा सबैभन्दा धेरै कमाई गर्ने स्टारको लिस्टमा सामेल छन् ।  
 
 
३. पछिल्लो ८ वर्षमा उनको दुई फिल्म नराम्रोसँग पछारियो । ‘दबंग’ र ‘टाइगर’ सहित उनका कयौं फिल्मले २ सय करोडभन्दा धेरैको विजनेश गरेका छन् । कयौं युवतीसँगको प्रेममा परेपनि उनी अहिलेसम्म अविवाहित नै छन् ।  
 
४. मुम्बईमा सलमानको घरको बाहिर उभिएका एक युवा फ्यानले भने, ‘म जान्दिनँ कि के भनुँ । म स्तब्ध छु । मलाई आशा छ कि उनी फेरि उस्तै रहनेछन् । उनका प्रशंसक सधै उनलाई प्रेम गरिरहने छन् ।’
Most Visited News (monthly)