Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तिमीसँग’ गीत रिलिज, साम्राज्ञी र नाजिरको केमेष्ट्री कति सुहायो ?

फिल्मीखबर, काठमाण्डौ, 2018/04/06
प्रदर्शन अगाडिसम्म लुकाइएको फिल्म ‘तिमीसँग’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘दिलमा आगो सल्कियो’ बोलको गीतमा अभिनेता नाजिर हुसेन र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर छन् । साम्राज्ञीले थारु पहिरनमा कम्मर मर्काएकी छिन् । 
 
 
दीपक पाठकको स्वर रहेको गीतमा रिदम कँडेल र दीपक आफैंले संगीत भरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो तराईका विभिन्न ठाउँहरुमा खिचिएको छ । भिडियोमा नाजिर साम्राज्ञीको जोडी कमालको देखिएको छ । साम्राज्ञीको नसालु नजरले नाजिर घायल भएका छन् । 
 
शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘तिमीसँग’ ले सुखद ओपनिङ गरेको छ । बिहानदेखि साँझसम्म फिल्मको अकुपेन्सी ५० देखि ६० को आसपास रहेको छ । वितरक गोपाल कायस्थका अनुसार, शुक्रवार बिहानीको शोमा गोपीकृष्ण मुभिजको कृष्ण हल हाउसफूल भएको छ ।  
 
‘तिमीसँग’ मा आकाश श्रेष्ठ, सुनिल वि.क, शिशिर राणा, अनुपम श्रेष्ठलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ । शिशिर राणा फिल्मका लेखक, निर्माता र निर्देशक हुन् । उक्त फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । 
 
भिडियो :-
 

 

शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ । विदेशबाट घुम्न आएकी एक युवतीसँग दुई पुरुष पात्रको रमाइलो जर्नीको कथा फिल्मले वाचन गरेको छ ।
Most Visited News (monthly)