Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हलमा नाजिर पुग्दा देखियो यस्तो क्रेज (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2018/04/06
 
ट्रेलरमा देखिएको लोभलाग्दो लोकेशन, कलाकारको अभिनय र संवादले प्रतिक्षीत बनेको फिल्म ‘तिमीसँग’ शुक्रवारबाट देशैभरका हलमा उक्लिएको छ ।
 
अभिनेत्री करिश्मा मानन्धर स्टारर फिल्म ‘हिरोज’ को रिलिज डेट पोस्टपोन्ड हुँदा शिशिर राणा निर्देशित तथा निर्मित यस फिल्मले सोलो रिलिजको अवसर पाएको छ । 
 
प्रदर्शनको पहिलो दिन देशभर फिल्मले सुखद ओपनिङ गरेको वितरक गोपाल कायस्थले जानकारी दिए । उनका अनुसार, शुक्रवार बिहानैदेखि सिंगल र मल्टिप्लेक्स स्क्रिन लगभग हाउसफूल छन् । शुक्रवार बिहानीको शोमा गोपीकृष्ण मुभिजको कृष्ण हल हाउसफूल भएको छ ।  
 
 
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को छायांकनका लागि बेलायत र अभिनेता आकाश श्रेष्ठ नयाँ फिल्म ‘रामकहानी’ को सुटिङका लागि उपत्यका बाहिर भएका कारण शुक्रवार बिहानै अभिनेता नाजिरले गोपीकृष्ण हल पुगेर दर्शकको प्रतिक्रिया बुझे । 
 
 
हलमा उनलाई देखेपछि दर्शक झुम्मिए । सेल्फी खिच्नेहरुकोे भीड लाग्यो । दर्शकसँग खुसी हुँदै नाजिर पनि निकैबेर सेल्फीमा रमाए । उनी शुक्रवार नै दर्शकको यस खालको उपस्थितिले गदगद देखिन्थे । उता, निर्देशक राणाको अनुहारमा पनि चमक देखिन्थ्यो । 
 
हलबाट निस्कँदै गरेका अधिकांश दर्शकले राम्रो बोलेका छन् । नाजिरको कामको तारिफ भएको छ । गोपीकृष्ण हलमा नाजिरलाई एक्लै देख्दा धेरै दर्शकले साम्राज्ञी र आकाशलाई पनि खोजेका थिए । शुक्रवार पहिलो शो का दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले फिल्मको विजनेसमा ठुलो प्रभाव पर्ने देखिएको छ । 
 
 
फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ ।
 
 
यूकेबाट घुम्न आएकी साम्राज्ञीका गाइड हुन्छन् आकाश । नाजिर भने हजुरबुबाको एउटा चिठी पुर्‍याउन हिँडेका हुन्छन् । यीनै तीन पात्रको वरिपरि फिल्म रुमलिएको छ । 
Most Visited News (monthly)