Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानलाई भेट्न जेल पुगिन् प्रीति

एजेन्सी, मुम्बई, 2018/04/06
सलमान खानको जमानत याचिकामाथी फैसला शनिवार हुने भएको छ । अर्थात्, अब शुक्रवारको साँझ पनि उनले जेलमा नै विताउनु पर्ने भएको छ । बलिउडका भाईजानलाई भएको सजायले उनका प्रशंसकदेखि बलिउडका सेलिब्रेटीसम्म दुःखी छन् । 
 
यस्तैबीच, धेरै फिल्ममा सँगै काम गरेकी एक्‍ट्रेस प्रीति जिन्टा, सलमानलाई भेट्न जोधपुर जेल पुगेकी छिन् । सलमान र प्रीतिको मित्रता निकै राम्रो छ । यो मुश्किल समयमा प्रीति जिन्टा जोधपुर सेन्ट्रल जेलमा सलमानलाई भेट्न पुग्ने पहिलो बलिउड सेलिब्रेटी हुन् । 
 
 
सलमान खान र प्रीति जिन्टाले 'हर दिल जो प्‍यार करेगा','चोरी चोरी चुपके चुपके', 'जानेमन', 'हीरोज' जस्ता फिल्ममा काम गरिसकेका छन् । फैसला सुनाए लगत्तै कांग्रेस नेता बाबा सिद्दीकी सलमानको घर ग्यालेक्सी अपार्टमेन्ट पुगेका थिए । 
 
बिहीवार साँझ अरबाजकी पूर्व पत्नी मलाइका र उनकी बहिनी अमृता अरोडा, 'रेस ३' का निर्माता रमेश तौरानी, स्नेहा उलाल, डेजी शाह र सोनाक्षी सिन्हा आफ्नो पिता-माता शत्रुघ्न र पूनम सिन्हासँग सलमानको घरमा देखिएका थिए । 
 
जब सुनाइयो सलमानलाई सजाय 
 
जोधपुरको सीजेएम कोर्टले बिहीवार सलमान खानलाई जोधपुरको कांकणामा अक्टोबर, १९९८ मा दुई कालो हरिणको शिकार गरेको मुद्धामा दोषी ठहर गर्‍यो । सलमानलाई अदालतले पाँच वर्षको जेल सजाय र १० हजार रुपैयाँ जरिवाना सुनाएको छ । 
 
उनको अलावा मुद्दाका सह-आरोपी सैफ अली खान, तब्बू, नीलम, सोनाली बेन्द्रे र उनका ड्राइभरलाई अदालतले क्लिन चिट दिएको छ । यो मामलाको अन्तिम बहस २८ मार्चमा भएको थियो । यसपछि सीजेएमले आफ्नो फैसला सुरक्षित राखेको थियो ।  
Most Visited News (monthly)