Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रधानमन्त्री ओलीसँग राजेश हमाल र दिनेश डिसी भारत प्रस्थान

फिल्मीखबर, काठमाण्डौ, 2018/04/06
३ दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अभिनेता राजेश हमाल र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी पनि भारत प्रस्थान गरेका छन् । 
 
नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री ओलीसहित ५४ सदस्यीय भ्रमण दल शुक्रबार बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेको हो । 
 
 
प्रधानमन्त्री ओली, पत्नी राधिका र मन्त्रीहरुलाई हैदरावाद हाउसमा बस्ने व्यवस्था मिलाइएको छ । हमाल र डिसीसहित अन्य सदस्यहरुलाई ताजमानसिंह होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।
 
शनिवार साँझ प्रधानमन्त्री ओलीले बलिउडका चर्चित कलाकारसँग डिनर गर्ने कार्यक्रम छ । त्यहाँ हमाल र डिसीले नेपाली चलचित्र क्षेत्रको विषयमा बलिउड कलाकारलाई विस्तृतमा जानकारी गराउनेछन् । 
 
प्रधानमन्त्रीको राजकीय भ्रमणमा पहिलो पटक नेपाली चलचित्रकर्मीलाई सहभागी गराइएको हो । प्रधानमन्त्रीसहितको टोली आइतवार स्वदेश फर्किने छ । 
Most Visited News (monthly)