Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लिलिबिली’ कन्सर्टमा झुम्यो काठमाडौं (५ तश्बिर)

फिल्मीखबर, काठमाण्डौ, 2018/04/06
ट्रेलर र गीतसंगीतका कारण युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ दर्शकमाझ प्रतिक्षीत छ । चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मले यतिबेला आफ्नो प्रचार-प्रचारलाई उग्र बनाएको छ । 
 
 
केही दिन अगाडि मोफसलका विभिन्न शहरहरुमा सांगीतिक कन्सर्ट सकाएको ‘लिलिबिली’ टोलीले अब राजधानी केन्द्रित प्रचार सुरु गरेको छ ।
 
हालैमात्र जापानमा भएको प्रिमियर शो मा उत्कृष्ट प्रतिक्रिया पाएपछि उत्साहित देखिएको निर्माण टिमले बिहीवार नयाँ बसपार्कस्थित बिजी मलको ग्राउण्डबाट फिल्मको उपत्यका प्रचार शुभारम्भ गर्‍यो । 
 
 
फिल्मका मुख्य कलाकारद्वय प्रदीप खड्का र जसिता गुरुङसँगै निर्देशक मिलन चाम्स, निर्माता द्वय सुदिप खड्का र गोविन्द शाहीले कन्सर्टमा उपस्थित हजारौं दर्शकलाई स्वागत गरे ।   
 
 
पछिल्लो पुस्तामा गज्जबको फ्यान फलोइंग बनाएका प्रदीपको क्रेज राजधानीमा पनि उस्तै देखियो । प्रदीप र जसितासँग सयौं दर्शकहरुले सेल्फी खिचे । प्रदीपलाई सयौं यूवतीहरुले 'आई लब यू' भन्दै गुलाबको फूलले न्यायो माया दर्साए ।
 
 
‘रियल दर्शकसँग हेलिन पाएँ’ प्रदीपले सुनाए, ‘फिल्मलाई लिएर उनीहरुभित्रको हुटहुटी फिल गरेँ । यसले ममा थप दायित्वको समेत बोध गराएको छ ।’ 
 
यस्तै, जसिता भन्छन्, ‘वास्तवमा दर्शकप्रति आभारी छु । मेरा लागि यो जान्ने, सिक्ने र समाज पढ्ने मौका पनि थियो ।’ 
 
 
यस फिल्ममा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ ।
Most Visited News (monthly)