Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा ‘तिमीसँग’, के सोलो रिलिजको फाइदा उठाउला ?

फिल्मीखबर, काठमाण्डौ, 2018/04/06
नेपाली फिल्मले सोलो रिलिजको मौका कमै मात्र पाउँछन् । हरेक शुक्रवार दुईभन्दा बढी फिल्मको महासंग्राम हुँदै आइरहेको अवस्थामा यस हप्ताका लागि फिल्म ‘तिमीसँग’ ले भने सोलो रिलिजको अवसर पाएको छ । 
 
गएको दुई हप्तादेखि हलमा अड्डा जमाइरहेको फिल्म ‘शत्रु गते’ को वर्चश्वबीच यस फिल्मले प्रदर्शन सुरु गरेको हो । 
 
करिश्मा मानन्धर अभिनीत फिल्म ‘हिरोज’ को रिलिज डेट पोस्टपोन्ड हुँदा ‘तिमीसँग’ ले सोलो रिलिजको अवसर पाएको हो । एकल रिलिजको मौका पाएपनि यस फिल्मले मल्टिप्लेक्समा निकै कम शो पाएको छ । 
 
अझै ‘शत्रु गते’ र गएको हप्ता रिलिज भएको बलिउड स्टार टाइगर श्राफ अभिनीत फिल्म ‘बागी २’ मा दर्शकको ‘फ्लो’ उस्तै रहेका कारण उक्त फिल्मले मल्टिप्लेक्समा कम शो मै चित्त बुझाउन बाध्य भएको छ । 
 
 
शुक्रवार र शनिवार दर्शकको संख्या आक्रामक भएको खण्डमा आइतवारबाट भने फिल्मको शोमा केही वृद्धि हुन सक्नेछ । फिल्मको ट्रेलरमा देखिएको लोभलाग्दो लोकेशन, कलाकारको अभिनय र संवादले यसलाई प्रतिक्षित बनाइएको हो । 
 
फिल्मको निर्माण र प्रचारमा निर्देशक तथा निर्माता शिशिर राणाले कुनै कसर बाँकी छाडेका छैनन् । उनी फिल्म चल्नेमा पूर्ण आशावादी देखिएका छन् । पछिल्लो पुस्तामाझ राम्रो छाप छोड्न सफल अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको लिड रोल रहेका कारण पनि ‘तिमीसँग’ प्रति धेरैको आश छ । 
 
फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ ।
 
अभिनेता द्वय नाजिर हुसेन र आकाश श्रेष्ठ पनि फिल्ममा प्रमख भूमिकामा छन् । 
 
यूकेबाट घुम्न आएकी साम्राज्ञीका गाइड हुन्छन् आकाश । नाजिर भने हजुरबुबाको एउटा चिठी पुर्‍याउन हिँडेका हुन्छन् । यीनै तीन पात्रको वरिपरि फिल्म रुमलिएको छ । 
Most Visited News (monthly)