Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तिमीसँग’ प्रिमियरमा साम्राज्ञी र मयंकको लुकामारी !

मनिष अन्जान, काठमाण्डौ, 2018/04/05
सेलिब्रेटीहरुको लभ लाइफ प्रायः सधै चर्चामा रहन्छ । अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्ल, वर्षा राउत र संजोग कोइराला, प्रियंका कार्की र आयुष्मान देशराज जोशीको प्रेम चर्चाले पछिल्लो समय हरदिन सिनेवृत तात्ने गरेको छ । 
 
यस्तै, पछिल्लो पुस्ताकी सबैभन्दा डिमाण्डेड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको लभ लाइफ पनि उतिक्कै चर्चाको केन्द्रमा छ । उनका प्रेमी हुन् मयंक खड्का ।
 
उनी ब्यवसायी तथा डीजे हुन् । आफ्नो पहिलो डेब्यु फिल्म ‘ड्रिम्स’ रिलिजपछि साम्राज्ञीले मयंकसँगको प्रेमको रथ अगाडि गुडाउन थालेकी हुन् ।  
 
 
प्रेमको प्रशंग आउँदा सधै कुरा मोड्ने साम्राज्ञी र मंयकको बुधवार हलभित्रै लुकामारी देखियो । खासमा, बुधवार झमझम पानी परिरहेकै अवस्थामा काठमाडौंको कुमारी हलमा साम्राज्ञी अभिनीत तेस्रो फिल्म ‘तिमीसँग’ को प्रिमियर राखिएको थियो । जहाँ पत्रकारदेखि चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति थियो । 
 
पानी परेका कारण जाडो महशुस गरिरहेका धेरैलाई साम्राज्ञीको हट पहिरनले मन्त्रमुग्ध बनायो । उनी अभिनेता नाजिर हुसेनसँग प्रिमियरमा उपस्थित भएकी थिइन् । 
 
उनको साथमा आमा नेहा राज्यलक्ष्मी शाह पनि थिइन् । केहीबेर मिडियाका लागि तश्बिर खिचाएपछि साम्राज्ञी र नाजिर हल पसे । हलमा क्रमशः आमा नेहापछि साम्राज्ञी र नाजिर बसे । साँझ ६ः३० बजे तिरको कुरा हो ।
 
साम्राज्ञी मोवाइल चलाउनमा नै व्यस्त थिइन् । यस्तैमा प्रेमी मयंकले साम्राज्ञीको सिट पछाडिबाट सुटुक्क केही कुरा गरे । आमा नेहाले पनि मयंकसँग कानेखुसी गरेको देखियो । नाजिर भने चुपचाप हेरिरहे । करीब ३० सेकेण्ड साम्राज्ञी र मयंकबीच कुराकानी भयो । त्यसपछि मयंक आफ्नो सिटमा गएर बसे । 
 
 
तश्बिर : विशाल राई 'हसिन'
 
मिडिया र प्रिमियरमा उपस्थित अरु चलचित्रकर्मीलाई यी दुईको कुराकानीको सुईको समेत भएन । यसपछि न मयंक न त साम्राज्ञीबीच भेट नै भएको देखियो ।
 
एउटै लाइनको सिटमा बस्दा मिडियामा फेरि नयाँ गसिपको जन्म हुने हुँदा दुबैले चलाखी अपनाएका थिए । मंयक, साम्राज्ञीभन्दा तीन स्टेप माथीको सिटमा बसेका थिए । 
 
फिल्म सकिए लगत्तै साम्राज्ञी मिडियासँग कुराकानी गर्न लाग्दा मयंक सुटुक्क हलबाट बाहिरिए । फिल्म हेरेर बाहिरिँदै गरेकी साम्राज्ञीकी आमा नेहालाई पत्रकारले घुमाउरो शैलीमा छोरी र मयंकबीचको प्रेमको विषयमा प्रश्न गरे । उनले यर्थाथ कुरा विवाहकै दिन थाहा हुने भन्दै अरु बताउन चाहिनन् । 
 
साम्राज्ञी, नाजिर र आकाश श्रेष्ठ अभिनीत फिल्म ‘तिमीसँग’ चैत २३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मले तीन पात्रको जर्नीको कथा बोल्छ । 
Most Visited News (monthly)