बलिउड बक्सअफिसमा यतिबेला अभिनेता टाइगर श्राफको ‘बागी २’ ले धूम मच्चाइरहेको छ । सस्पेन्स, थ्रिलर र एक्सनले भरिएको यो फिल्म प्रदर्शनको छैटौँ दिनमा सय करोड क्लबमा इन्ट्री भएको छ ।
२५.१० करोडबाट कलेक्सनको रफ्तारलाई अगाडि बढाएको यस फिल्मले ६ दिनमा कूल १०४.९० करोडको विजनेश गरेको छ । यसले दोस्रो दिन २०.४०, तेस्रो दिन २७.६०, चौथो दिन १२.१०, पाँचौ दिन १०.६० र छैटौँ दिन ९.१० करोडको कलेक्सन गरेको छ ।

फिल्ममा टाइगरका अलावा दिशा पटानी रणदिप हुड्डा, मनोज वाजपेयी र प्रतिक बब्बर मुख्य भुमिकामा छन् । अहमद खानले निर्देशन गरेको फिल्म २०१६ मा प्रदर्शन भएको ‘बागी’ को फ्रेन्चाइज हो ।
यस फिल्मलाई दर्शक र क्रिटिक्सबाट मिक्स रिभ्यू मिलिरहेको छ । टाइगरको एक्सनलाई दर्शकले औधी रुचाएका छन् भने अभिनयलाई पनि उत्कृष्ट बोलेका छन् ।
निर्देशक अहमद खानले ‘बागी’ फ्रेन्चाइजीलाई एक कदम अगाडि लिएर गएका छन् । साजित नाडियाडवालाले निर्माण गरेको फिल्ममा इमोशन, सस्पेन्स, थ्रिल र एक्सन सटिक छ ।

