Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

आयो खगेन्द्रको ‘डमरुको डण्डीबियो’ ट्रेलर

फिल्मीखबर, काठमाण्डौ, 2018/04/04
वर्ष २०७५ को बैशाख २१ गतेलाई प्रदर्शन मिति लक गरिएको अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । 
 
ट्रेलरमा डण्डीबियो खेल्ने निर्णय लिएपश्चात् खगेन्द्रको जीवनमा आउने उतारचढावलाई देखाइएको छ । फिल्म खेलसँग सम्बन्धित भएपनि ट्रेलरमा प्रेम, अवरोध, रोदन, द्वन्द्व सबै समेटिएको छ । ट्रेलर कमर्सियल बनाईएको छ । 
 
 
फिल्म ‘धनपति’ पछि पर्दामा नदेखिएका खगेन्द्रका प्रशंसकका लागि यस फिल्म प्रतिक्षीत छ । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई यस फिल्ममा उतारिएको छ । 
 
मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अशान्त शर्मा, अंकित खड्का लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । 
 
फयामिली स्पोर्टस् ड्रामा जनरामा तयार पारिएको उक्त फिल्मका निर्देशक छेतेन गुरुङ हुन् । ‘डमरुको डण्डीबियो’ को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । 
 
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको यो फिल्मको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो । 
 
ट्रेलर हेर्नुहोस् :-
 

 

फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले लोपोन्मुख डन्डीबियो खेलको बारेमा स्मरण गराउन ‘ठ्याक लाउने च्यालेन्ज’ पनि सुरु गरिसकेको छ । 
 
राजधानीका केही स्थानमा चलिरहेको ‘ठ्याक लाउने च्यालेन्ज’ले फिल्मको प्रचार र डन्डीबियो महत्व झल्काउने निर्माण टिमले विश्वास लिएको छ ।
 
प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको फिल्मलाई हरी हुमागाइँले खिचेका हुन् । 
Most Visited News (monthly)