Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंकालाई आमा बन्ने रहर कि बाध्यता ?

मनिष अन्जान, काठमाण्डौ, 2018/04/04
हत्तपत्त अभिनेत्रीहरु पर्दामा आमाको भूमिका निर्वाहा गर्न डराउँछन् । नत्र हेर्नुस् न अभिनेत्री करिश्मा मानन्धरलाई धेरै पटक आमाको भूमिका 'अप्रोज' गरियो तर उनले कुनै स्वीकार गरिनन् । 
 
उनी मात्र होइनन् नेपालका धेरै पुराना अभिनेत्रीहरु अझै पनि आमाको भूमिका 'रिजेक्ट' गर्दै आइरहेका छन् । आमा बनेर पर्दामा आउँदा हिरोइन बन्ने अवसर लगभग गुम्छ । यसकारण पनि पर्दामा हिरो वा हिरोइनको आमा बन्न डराउँछन् अभिनेत्रीहरु । 
 
तर, अभिनेत्री प्रियंका कार्की भने करिअरको मध्यविन्दूमै आमाको रोलमा लगालग व्यस्त हुन थालेकी छिन् । एकातिर हिरोसँग रोमान्स गरेका फिल्म हलमा लाग्दै गर्दा अर्कोतिर उनी आमा बनेका फिल्म पनि प्रदर्शन भइरहेका छन् । दर्शक कन्फ्यूज हुन थालेका छन् अब उनलाई हिरोइन भन्ने कि यो वा त्यो कलाकारको आमा ? 
 
उमेरले ३१ वर्षमा रमाइरहेकी उनीमा अझै केही वर्ष हिरोइन बनेर राज गर्ने उमेर, फिगर र सौन्दर्य सबै छ । तर, ‘नाई नभन्नु ल २’ मा उनी बाल-कलाकार अनुभव रेग्मीको आमा बनिन् । अहिल्यै आमा नबन्न धेरैले आग्रह पनि गरेका थिए तर उनी आफ्नो निर्णयमा अडिक रहिन् । 'नाई नभन्नु ल ४' मा फेरि उनी अनुभवकै आमाको भूमिकामा देखिइन् । 
 
 
आखाँमा ठूलो चस्मा र साडी लगाएर उनले आमाको भूमिकालाई न्याय दिने हर सम्भव प्रयास गरिन् । हिरोइनको रुपमा उनले जति प्रशंसा पाइन् त्योभन्दा कयौं आमा बन्दा उनको अभिनयको तारिफ भयो । यसैले पनि हुनसक्छ उनमा फेरि-फेरि आमा बन्ने रहर थप जाग्न थालेको छ । संयोग नै भनौं, उनी जुन फिल्ममा आमा बनेकी छिन् ती फिल्म सबै हिट छन् । 
 
यसपछि प्रियंका 'छक्का पञ्जा २' मा अभिनेत्री स्वस्तिमा खड्काकी आमा बनिन् । फेरि एकपटक स्वस्तिमाकै आमाको भूमिकामा उनी देखिँदैछिन् । फिल्म हो 'नाईं नभन्नू ल ५' । अहिले यो फिल्मको छायांकन भइरहेको छ । लगातार पर्दामा आमाको भूमिकामा देखिँदै गर्दा दर्शकको मनमा भने अनेकौं प्रश्न जन्मन थालेका छन् । उनलाई आमा बन्ने रहर नै हो वा बाध्यता ? 
 
अभिनेत्री रेखा थापाको एकल वर्चश्वलाई तोड्दै नेपाली फिल्ममा भित्रिएकी प्रियंका अभिनेत्रीको रुपमा भने खासै चल्न सकिनन् । उनको डिमाण्ड राम्रो छ तर बक्सअफिसमा उनका एकाध फिल्म बाहेक लिड रोल रहेका फिल्मले राम्रो विजनेश गर्न सफल भएका छैनन् । 
 
अझ भनौं, उनीमा आफ्नै बलबुतोले फिल्म सफल बनाउने सामर्थ छैन । यसकारण कतै उनी आमा बनेरै भएपनि चित्त बुझाउने बाटो त खोज्दै छैनन् ? 
 
कलाकार भएपछि भर्सटायल हुन सक्नु पर्छ । तर, उमेर छँदै आमाको भूमिका गर्न थाल्दा भोलीका दिनमा हिरोइन बन्ने बाटो नै पो बन्द हुने हो कि ! प्रियंकाजी ?
Most Visited News (monthly)