Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माइग्रेसन कर्नरको ‘ब्राण्ड एम्बेस्डर’ बनिन् साम्राज्ञी

फिल्मीखबर, काठमाण्डौ, 2018/04/04
पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ को ‘ब्राण्ड एम्बेस्डर’ का रुपमा नियूक्त भएकी छिन् ।
 
उनलाई एक बर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियूक्त गरेको हो । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको यो संस्था काठमाडौंको पुतलीसडकलगायत अन्य शहरहरूमा रहेको छ । 
 
 
अभिनेत्री शाहले एजुकेशन क्षेत्रमा आफ्नै बिशिष्ट पहिचान बनाएको संस्थासँग आबद्द हुन पाउँदा खुसी महशुस गरेको बताइन् । अब उनले ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ का बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन् । 
 
साम्राज्ञी शाह जस्तो प्रतिभाशाली अभिनेत्रीलाई आफ्नो संस्थाको अंग बनाउन पाएकोमा गौरवान्बित महशुस गरेको ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ का प्रमुख सुनिल उप्रेतीले बताए । 
 
अभिनेता साम्राज्ञी अभिनीत तेस्रो फिल्म ‘तिमीसँग’ यही चैत २३ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ को सफलतापछि यतिबेला उनको चर्चा र डिमाण्ड अन्य अभिनेत्री भन्दा माथी छ । 
Most Visited News (monthly)