Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इरफानका लागि तीन खान फेरि एकसाथ

फिल्मीखबर, काठमाण्डौ, 2018/04/04
बलिउड अभिनेता इरफान खानको फिल्म 'ब्ल्याकमेल' ६ अप्रिलमा रिलिज हुँदैछ । तर, गम्भीर बिरामीका कारण उनी फिल्मको पब्लिसिटीमा हिँड्न पाएका छैनन् । मुश्किलको यो घडीमा इरफानलाई बलिउडका तीन खानले सपोर्ट गर्ने भएका छन् । 
 
खबरअनुसार, यो फिल्मको प्रमोटका लागि तीन खान ४ वर्षपछि फेरि एकपटक एकसाथ देखिँदैछन् । मुम्बई मिररको रिपोर्टका अनुसार, आमिर, शाहरुख र सलमान खानका लागि फिल्मको स्पेशल स्क्रिनिङ राखिनेछ । 
 
यो खबरमा कति सत्यता छ त्यो त समयले बताउनेछ, तर यदी तीन खान एकसाथ देखिएको खण्डमा उनका फ्यानका लागि भने ट्रीट हुनेछ । 
 
 
कमै यस्तो मौका आएको छ जब यी तीन खान एकसाथ देखिएका हुन् । २०१४ मा एक टिभी शोमा यी तीन खानलाई एकसाथ एउटै स्टेजमा देखिएको थियो । यो यादगार पल आज पनि फ्यानको मनमा छ ।  
 
इरफान खानको कुरा गर्ने भने उनी न्यूरो इन्डोक्राइन ट्यूमर नामक बीमारीबाट जुधिरहेका छन् र अहिले उनी लण्डनमा उपचार गरिराखेका छन् ।  
 
अमिताभ बच्चनका लागि हालैमा 'ब्ल्याकमेल' को स्पेशल स्क्रिनिङ राखिएको थियो । फिल्म हेरेपछि बिग बी यसको तारिफको पुल बाँध्दै गरेको देखिए । उनले इरफान खानको अभिनयको खुलेरै प्रशंसा गरेका छन् । 
 
फिल्ममा इरफान खानका साथै कीर्ति कुल्हारी, अरुणोदय सिंह, दिव्या दत्ता, ओमी वैद्य, अनुजा साठे, प्रद्युमन सिंह माल र गजराज रावले मुख्य भूमिका निभाएका छन् ।
 
अभिनव देवको निर्देशनमा तयार भएको फिल्ममा इरफान खानले पत्नीलाई ब्ल्याकमेल गर्ने पतीको भूमिका निर्वाह गरेका छन् । 
Most Visited News (monthly)