Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो बन्यो विश्वकै कान्छा निर्देशकको ‘हैरान’ पोष्टर

फिल्मीखबर, काठमाण्डौ, 2018/04/03
विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको दोस्रो फिल्म ‘हैरान’ को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । मंगलवार दिउँसो राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा फिल्मको पोष्टर सार्वजनिक गरियो । 
 
 
पोष्टरमा ‘हैरान’ का सबै कलाकार अटेका छन् । निर्देशक विष्ट आफूले राम्रो काम गर्न कुनै कसर बाँकी नराखेको बताए । उनले यअघि ‘लभ यू बाबा’ नामक फिल्म निर्देशन गरेका थिए । 
 
सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, बुद्धि तामाङ, सागर लम्साल (बले), निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मालगायतका कलाकारहरुको अभिनय रहेको यस फिल्मकी कार्यकारी निर्मात्री सम्झना पोखरेल हुन् । 
 
डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् । फिल्मलाई कमेडी जनरमा तयार पारिएको छ । 
 
 
जेठ ४ गतेलाई प्रदर्शन मिति तय गरिएको उक्त फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको छ । 
 
‘हैरान’ मा नवराज उप्रेती र निरज कडेलको छायांकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।
Most Visited News (monthly)