Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

साम्राज्ञी भन्छिन्, ‘मैले १० लाख लिँदा किन यत्रो बबन्डर ?’

फिल्मीखबर, काठमाण्डौ, 2018/04/03
छोटो समयमै सर्वाधिक चर्चा र डिमाण्डमा रहन सफल अभिनेत्री हुन्- साम्राज्ञी राज्यलक्ष्मी शाह । ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ ले उनलाई नेपालकै सबैभन्दा महँगी अभिनेत्रीको सूचीमा उभ्याएको छ । उनी अभिनीत तेस्रो फिल्म ‘तिमीसँग’ यही चैत २३ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
योसँगै उनका ‘कायरा’ र ‘इन्टु मिन्टु लण्डनमा’ फिल्म पनि रिलिजको पखाईमा छ । सिनेवृतमा गएको दुई महिना अगाडि साम्राज्ञीले आर्यन सिग्देलसँग ‘कायरा’ गर्नका लागि १० लाख पारिश्रमिक डिमाण्ड गरेको खबर खुब चर्चामा रह्यो । यस विषयमा उनी मौन थिइन् । 
 
 
यसैबीच फिल्मीखबरसँगको कुराकानीको क्रममा उनले १० लाख पारिश्रमिकको विषयमा वजनदार जवाफ दिएकी छिन् । उनी भन्छिन्, ‘हिरोले २० लाख पारिश्रमिक लिँदा कहिले प्रश्न गर्नुभयो ? अनि एउटा हिरोइनले १० लाख लिँदा किन यत्रो बबन्डर ? के नेपालका हिरोइनहरुले १० लाख पारिश्रमिक लिने हैसियत बनाएका छैनन् ?’ 
 
‘फिल्ममा हिरोको जति मेहनत हुन्छ हिरोइनको त्यो भन्दा कम हुँदैन । फिल्म गर्दैगर्दा हामीले ज्यान दिएका हुन्छौं । तर जब फिल्म सुपरहिट हुन्छ हामीले एक पैसा पनि पाउँदैनौं । त्यही जति पारिश्रमिक छ त्यतिमै सिमित हुनुपर्छ । हो, हामीले दर्शकको माया पाउँछौं । तर हामी पनि आर्थिक रुपमा सवल हुनु परेन न ? नेपालमा महंगाई यत्रो छ तर हाम्रो पारिश्रमिक कहिल्यै बढेको छैन ।’ उनी दुखेसो पोख्छिन् । 
 
साम्राज्ञी अगाडि थप्छिन्, ‘एउटा फिल्मका लागि भनेर ६ महिना दौडिनु पर्छ । पढाईमा समय दिन पाइँदैन । भोकै हुन्छौं हामी । ग्यास्टिक प्रोब्लम हुन्छ । हामीले सबै कुरा दिएर काम गरेका हुन्छौं अनि हामीले पाउनु पर्ने कुरा चाहीँ माग्नु पर्छ जस्तो लाग्छ ।’ 
 
उनी भोलीको दिनमा फिल्मले गरेको मुनाफाको केही प्रतिशत शेयर लिने सोचमा रहेको पनि बताउँछिन् । उनले वर्षमा २ वटा मात्र फिल्म लिएर दर्शकमाझ आउने मनस्थिति बनाएकी छिन् ।
 
 
‘संख्या मात्र बढाउन काम गर्ने हो भने त मेरो ७/८ वटा फिल्म वर्षमा आउथ्यो होला ।’ साम्राज्ञी भन्छिन्, ‘म गुणस्तरमा ध्यान दिन्छु । दर्शकलाई निराश बन्न दिने छैन ।’ 
 
शिशिर राणा निर्देशित फिल्म ‘तिमीसँग’ मा उनको अभिनेता द्वय नाजिर हुसेन र आकाश श्रेष्ठसँग जोडी बाँधिएको छ । विदेशबाट नेपाल घुम्न आएकी एक युवतीसँग नजिक हुने दुई परुष पात्रबीचको कथा यस फिल्मले बोल्छ ।