बलिउड सुपरस्टार सलमान खानले अभिनेत्री कटरीना कैफकी बहिनी इसाबेललाई बलिउडमा लञ्च नगरेपनि उनी इसाबेलको डेब्यू फिल्मलाई राम्रो बनाउन लागी परेका छन् ।
सलमान आफ्नो साथीको फिल्ममा गेस्ट अपियरेन्स गर्दै आइरहेका छन् र खबरअनुसार, उनी इसाबेलको पहिलो फिल्म ‘टाइम टू डान्स’ मा आफ्नो फेमस गीत ‘ओ ओ जाने जाना’ लाई रिक्रिएट गर्दैछन् ।
बलिउडलाइफका अनुसार, सलमानले यस फिल्ममा स्पेशन अपियरेन्सका लागि मञ्जुरी दिइसकेका छन् । सिंगर कमाल खान नयाँ भर्जनका साथ फर्किनेछन् भने, यसलाई शिवाई व्यासले कम्पोज गर्दैछन् ।

यो नयाँ भर्जनमा पनि सलमानको पुरानो गीतको फिललाई भने जीवितै राखिने छ । रोचक त तब हुनेछ जब सलमानसँगै इसाबेल र सूरज पंचोली पनि डान्स गर्दै देखिनेछन् ।
फिल्मलाई स्टेनली डी कोस्टाले निर्देशक गर्नेछन् । यो एक डान्स ड्रामा फिल्म हो । यसको छायांकन यसै महिनाबाट सुरु हुँदैछ । फिल्मलाई भूषण कुमार र रेमो डिसूजाले संयूक्त रुपमा निर्माण गर्दैछन् ।
भूषण कुमारले मुम्बई मिररसँग भनेका छन्, ‘यो पहिलो पटक हो, जहाँ हिन्दी फिल्ममा कयौं डान्स फर्म देखाइनेछ । स्टेनली पछिल्लो दुई महिनादेखि इसाबेल र सूरजसँग कडा मिहिनेत गरिरहेका छन् ।’

