Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसरी गरियो मदनकृष्ण पत्नीको अन्त्येष्टि

फिल्मीखबर, काठमाडौं, 2018/04/03
बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मंगलवार दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । यशोदालाई छोरा यमन श्रेष्ठले दागवत्ती दिए ।
 
 
लामो समयदेखि क्यान्सर पीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीको क्यान्सर अस्पतालमा अन्तिम स्वास फेरेकी थिइन् । 
 
पशुपतिको आर्यघाटमा श्रीमतिलाई सम्झिएर मदनकृष्णले आँशु रोक्न सकेका थिएनन् । उनलाई बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र केही आफन्तहरुले सम्हालिरहेका थिए । मदनकृष्ण भावविह्वल हुँदा हरिवंशले पनि आफूलाई सम्हाल्न सकेनन् । 
 
 
उनले धेरैपटक ‘दाई म छु’ भन्दै मदनकृष्णलाई सान्त्वना दिइरहेको दृश्य निकै मर्मस्पशी थियो । संयोग नै भनौं, तृतिया तिथीकै दिन हरिवंशकी श्रीमति मिरा आचार्यको पनि निधन भएको थियो ।  
 
 
पशुपतिमा यशोदालाई श्रद्धान्जली दिन आफन्त, शुभचिन्तक र कलाकारहरुको भीड लागेको थियो । यशोदाका दुई सन्तान छन्- यमन र सरना ।
 
२०३० सालमा सूर्यविनायक मन्दिरमा मदनकृष्णले यशोदासँग परिवारको मञ्जुरीमा अन्तर्जातीय विवाह गरेका थिए । 
 
 
'फिल्मीखबर डटकम' परिवार स्वर्गीय यशोदा सुवेदीको शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ । 
Most Visited News (monthly)