Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मदनकृष्ण पत्नीको निधन

फिल्मीखबर, काठमाडौं, 2018/04/03
बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । श्रेष्ठकी पत्नी यशोदा सुवेदीको ६७ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ । 
 
लामो समयदेखि क्यान्सर पीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीको क्यान्सर अस्पतालमा अन्तिम स्वास फेरेकी हुन् । 
 
 
यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् । 
 
२०३० सालमा सूर्यविनायक मन्दिरमा मदनकृष्णले यशोदासँग परिवारको मञ्जुरीमा अन्तर्जातीय विवाह गरेका थिए । यशोदाका दुई सन्तान छन्- यमन र सरना ।
 
निधनको खबरलगत्तै अस्पतालमा श्रद्धान्जली दिन आफन्त, शुभचिन्तक र कलाकारहरुको भीड लागेको थियो । सुवेदीको मंगलवार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदैछ ।
 
तश्बिर साभार : सेतोपाटी
Most Visited News (monthly)