Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओलीको भारत भ्रमण टोलीमा हमाल र डिसी

फिल्मीखबर, काठमाण्डौ, 2018/04/02
चैत २३ गते भारत भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण टोलीमा दुई नेपाली कलाकार पनि सहभागी हुने भएका छन् । 
 
केही दिन अगाडि राजधानीमा आयोजित 'दोस्रो फान अवार्ड' मा ओलीले पहिलो पटक प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली कलाकारलाई सहभागी गराउने उद्घोष गरेका थिए । 
 
 
अभिनेता राजेश हमाल र निर्देशक तथा कलाकार दिनेश डिसीलाई प्रधानमन्त्री ओलीले आफ्नो राजकिय भ्रमणमा सहभागी गराउने भएका छन् । प्रधानमन्त्री कार्यालय बालुवाटारबाट यसको औपचारिक पुष्टि भएको छ । 
 
भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउडका चर्चित कलाकारसँग चैत २४ गते डिनर गर्ने कार्यक्रम समेत तय भएको छ । उनले त्यहाँ नेपालमा सुटिङमा आउनका लागि भारतीय कलाकारलाई आग्रह गर्नेछन् । 
 
ओलीको भ्रमण चैत २३, २४ र २५ गते हुने जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेका हुन् । 
Most Visited News (monthly)