नेपाल प्रदर्शन अगावै युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ को आइतवार साँझ जापानमा रेड कार्पेट प्रिमियर भएको छ ।
जापानको टोकियोस्थित नकानो जिरो हलमा सम्पन्न प्रिमियरमा अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाहीको उपस्थिति थियो ।
.jpg)
फिल्म हेरे पश्चात् दर्शकले राम्रो प्रतिक्रिया दिएको आयोजक डेस्टिनी क्रियसन जापानले जानकारी दियो । फिल्मको कथावस्तु, मेकिङ र कलाकारको अभिनयलाई जापानबासी नेपालीले उत्कृष्ट बोलेका छन् ।
निर्माता शाहीले जापानको दर्शक प्रतिक्रियाले उत्साहित बनाएको बताए । ‘सबैले राम्रो फिल्म हेर्न पाएको भन्दै बधाई दिनु भएको छ । हामीले मिहिनेत गरेर राम्रो फिल्म बनाएको थियौं । जसको नतिजा एकदमै सुखद मिलेको छ ।’ शाहीले भने ।
फिल्मको पहिलो प्रिमियरबाट प्राप्त दर्शक प्रतिक्रियाबाट अभिनेता प्रदीप पनि उत्साहित देखिए । उनी उपस्थित हुने भएकै कारण ‘लिलिबिली’ को अधिकांश टिकट विक्रि भएको थियो ।
उता नव-अभिनेता जसिता पनि आफ्नो डेब्यू फिल्मको दर्शकको रिभ्यू सुनेर खुसी देखिएकी छिन् । मिलन चाम्स निर्देशित यो फिल्मलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् । उक्त फिल्म टर्कीको स्थानबुल, स्कटल्याण्ड, नेपाल र लन्डनमा खिचिएको हो ।
चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्ममा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ ।

