Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शत्रु गते’ हेरेपछि प्रधानसेनापतिले गरे हरिवंशको प्रशंसा

फिल्मीखबर, काठमाण्डौ, 2018/04/02
एक हप्तामा ६ करोड कलेक्सन गर्न सफल फिल्म ‘शत्रु गते’ ले राम्रो वर्ड अफ माउथ पाउँदा यसलाई शीर्षस्थ व्यक्तित्वहरुले पनि चासोका साथ हेरिरहेका छन् । 
 
केही दिन अगाडि मात्र पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो परिवार सहित फिल्म हेरेका थिए । यसैबीच, प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले पनि परिवार सहित फिल्म हेरेका छन् । उनले राजधानी स्थित क्युज सिनेमामा स-परिवार फिल्म हेरेका हुन् । 
 
 
आयोजित ‘विशेष शो’ मा फिल्मलाई प्रधानसेनापति क्षेत्रीसँगै नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसी, नेतृ तथा गायिका कोमल ओली तथा वरिष्ठ कलाकार नीर शाहले परिवार सहित हेरेका छन् । 
 
फिल्म हेरेपछि प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले भने, ‘फिल्म एकदमै रमाइलो बनेको छ । फिल्म पारिवारिक छ नै साथै यसमा मनोरञ्जनसँगै सन्देश पनि छ । मलाई हरिवंशको अभिनय ज्यादै उत्कृष्ट लाग्यो ।’ 
 
यस्तै बरिष्ठ कलाकार नीर शाहले ‘शत्रु गते’ रमाइलो बनेको बताए । उनी भन्छन्, ‘फिल्ममा हरिवंशजी, दीपकजी लगायत सबैको काम उत्कृष्ट छ । फिल्ममा यति धेरै कलाकारलाई एउटै शिर्षकमा जोडेर घुमाउने निर्देशकको काम पनि राम्रो देखिएको छ ।’ 
 
 
‘शत्रु गते’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, रमेश रञ्जन झा लगायतको अभिनय रहेको छ ।
 
फिल्मलाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने, यसका प्रस्तुतकर्ता किरण केसी हुन् । 
Most Visited News (monthly)