Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आशि‍की ३’ मा वरुण र आलियाको इन्ट्री !

एजेन्सी, मुम्बई, 2018/04/02
बलिउडको रोमान्टिक फिल्म ‘आशि‍की २’ को नयाँ पार्टको तयारीमा मेकर्स जुटेका छन् । यस फिल्ममा यसअघि आलिया भट्ट र सिद्धार्थ मल्होत्रालाई साइन गरिएको खबर बाहिर आएको थियो । 
 
तर, लेटेस्ट रिपोर्ट्सका अनुसार ‘आशि‍की ३’ मा आलिया भट्टसँग सिद्धार्थ नभई वरुण धवनलाई साइन गरिएको छ । आलिया भट्ट र वरुण धवनको फ्यान फलोइंगलाई मध्यनजर गर्दै मेकर्सले यो जोडीलाई ‘आशि‍की ३’ का लागि फाइनल गरेको हो । 
 
 
यो कपलको अनस्क्रिन केमेष्ट्रीले सधै फ्यानको दिल जित्ने गरेको छ भने, यी दुबैले आ-आफ्नो फ्यान बेसलाई थप बढाउँदै लगेका छन् । यो जोडीलाई दर्शकले 'वारिया' र 'वालिसा' को नामबाट समेत पुकार्न थालेका छन् ।  
 
आलि‍या र वरुणको रोमान्सलाई दर्शकले 'स्टूडेन्ट अफ द ईयर', 'हम्प्टी शर्मा की दुल्हनिया' र 'बदरीनाथ की दुल्हनि‍या' मा खुब रुचाएका थिए । खबरअनुसार बरुणले ‘आशि‍की ३’ साइन गरिसकेका छन् । 
 
फिल्मका डाइरेक्टर मोहित सुरीले एक इन्टरभ्यूमा यस सिरिजका लागि एउटा उत्कृष्ट कथा लिएर आउने बताएका थिए । 
 
याद रहोस्, ‘आशि‍की २’ मा श्रद्धा कपूर र आदित्य कपूरको रोमान्सलाई दर्शकले खुब मनपराएका थिए । यसले बक्सअफिसमा पनि राम्रो पैसा छापेको थियो ।
Most Visited News (monthly)