Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘कान्छी’ हेर्न पुगेका प्रचण्डले भने, ‘श्वेता र मेरो परिवारको पीडा उस्तै’

फिल्मीखबर, काठमाण्डौ, 2018/04/02
यस वर्षको हिट फिल्मको लिस्टमा आफ्नो नाम दर्ता गराएको फिल्म ‘कान्छी’ को आइतवार साँझ कुमारी हलमा ‘भिआईपी शो’ को आयोजना गरिएको छ । उक्त शोमा देशका शीर्ष राजनीतिज्ञहरुको उपस्थिति रह्यो । 
 
पूर्वप्रधानमान्त्री एवंम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले नेता तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमी, सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा, प्रदेश नम्बर ३ का सामाजिक विकाश मन्त्री युवराज दुलाललागायतले फिल्म हेरेका छन् । 
 
‘विशेष शो’ मा प्रचार सामाग्री डिजाइनर सुन्दर श्रेष्ठ सम्मानित भए । उनलाई प्रचण्डले प्रमाणपत्र प्रदान गरे । ‘कान्छी’ को ‘विशेष शो’ लाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले अभिनेत्री तथा निर्मात्री श्वेता खड्कालाई आफू जस्तै पीडाको ‘साथी’ बताए । 
 
 
उनले भने, ‘श्वेता जीले मेरो निवासमा गएर यो कार्यक्रममा उपस्थितिका लागि आमन्त्रण गरेपछि मैले नाईं भन्न सकिनँ । श्वेता र हाम्रो परिवार एउटै पीडाबाट गुज्रिएको छ । त्यो पीडाको अनुभुतीको समानताको कारणले पनि उहाँले एकचोटी भन्ने वितिक्कै मैले स्वीकार गरेँ । मैले जिम्मेवारी महशुस गरेँ र भावनात्मक अनुभुतीको तिव्रताका कारणले पनि म उपस्थित भएको हुँ ।’ 
 
उनले ‘कान्छी’ को सक्सेसको श्वेता र टिमलाई बधाई पनि दिए । श्वेताले पीडालाई शक्तिमा बदल्ने आँट गरेकामा बधाई दिँदै उनले भने, ‘उहाँले आफ्नो श्रीमानको सम्झनामा ‘श्वेता श्री फाउण्डेशन’ खडा गरेर माझी बस्ती निर्माणसँगै फिल्म निर्माण गरेर सामाजिक सन्देश दिने साहस जुटाउनु भएकोमा धन्यवाद दिन चाहन्छु ।’ 
 
उनी थप्छन्, ‘उहाँले जस्तै मैले पनि परिवारका प्रिय सदस्य गुमाएको छु । त्यो पीडालाई शक्तिमा बदलेर राष्ट्र र जनताका लागि समर्पित हुने मैले पनि संकल्प गरेको छु । मैले आफू जस्तै साथी श्वेता जीलाई पनि ठानेको छु ।’ प्रचण्डका यी कुरा सुन्दै गर्दा छेवैमा रहेकी श्वेता गहभरी भईन् । 
 
कार्यक्रममा बोल्ने क्रममा अभिनेत्री खड्काले ‘कान्छी’ को ‘स्पेशल शो’ मा देशका विशिष्ट व्यक्तिहरुको उपस्थितिले आफूलाई थप उर्जा मिलेको बताइन् ।
 
उक्त फिल्मको ‘विशेष शो’ मा विभिन्न संघसंस्थाका व्यक्तिहरुको पनि उपस्थिति थियो । श्वेता र दयाहाङ राईको प्रमुख भूमिका रहेको यस फिल्मका निर्देशक आकाश अधिकारी हुन् ।
Most Visited News (monthly)