Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ब्ल्याक’ गीतमा आकाश र आँचलको लोभलाग्दो केमेष्ट्री

फिल्मीखबर, काठमाण्डौ, 2018/04/01
पछिल्लो समय नेपाली निर्माता-निर्देशकहरु गीतसंगीतमा विशेष ध्यान दिने गर्दछन् । फिल्मको इनिसियल व्यापारमा गीतको महत्वपूर्ण योगदान रहने भएका कारण अचेल निर्माता-निर्देशकको पहिलो रोजाई नै गीतसंगीत बन्ने गरेका छन् । 
 
गीत राम्रो भएर मात्र पनि हुँदैन । गीत अनुसार भिडियो पनि उत्कृष्ट हुन आवश्यक हुन्छ । त्यसका लागि मेकिङ र लोकेशनको ठूलो भूमिका रहन्छ ।
 
आइतवार अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा फिचरिङ फिल्म ‘ब्ल्याक’ मा समावेश ‘पल पल हरपल’ बोलको गीत सार्वजनिक भएको छ । 
 
 
गीतको लोकेशन, खिचाई उत्कृष्ट छ । अझ, आकाश र आँचलको जोडी कमालको देखिएको छ । मुस्ताङमा छायांकन गरिएको गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । रामजीले कोरियोग्राफीमा मिहिनेत गरेका छन्, जसको नतिजा भिडियोमा स्पष्ट देखिएको छ ।
 
सुगम पोखरेलको स्वर रहेको गीतमा डा.कृष्णहरी बरालको शब्द र महेश खड्काको आकर्षक संगीत सुन्न सकिन्छ । 
 
आइतवार राजधानीमा आयोजित गीत सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेत्री आँचलले सुगम पोखरेलको गीतमा आफ्नो अभिनय ढाल्ने इच्छा ‘ब्ल्याक’ बाट पूरा भएकोमा व्यक्त गरिन् । उता आकाश गीतको भिडियो हेरेर खुसी भएको बताए । 
 
करिब चार बर्षको अन्तरपछि निर्देशनमा फर्किएका निर्देशक प्रदिप श्रेष्ठले पछिल्लो पुस्ताका दर्शकको मनोभावना बुझ्ने गरी सोहि प्रकारको कथावस्तुमा फिल्म बनाएको बताए । चेतनकुमार पाण्डे फिल्मका कार्यकारी निर्माता हुन् ।
 
 
निर्मात्री आश्मा पाण्डेले लगानीको प्रतिफल राम्रो पाउने आशा व्यक्त गरिन् । फिल्मको कथा मौनता श्रेष्ठले लेखेका छन् । रामशरण उप्रेतीले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । 
 
आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल फिल्ममा प्रमुख भूमिकामा छन् । ‘ब्ल्याक’ को रिलिज डेट वर्ष २०७५ को जेठ ११ गतेलाई तय गरिएको छ ।  
 

भिडियो :-

 

Most Visited News (monthly)