मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कृ’ को ‘उकालीमा अघिअघि’ गीत बन्यो ‘ढुकढुकी’

फिल्मीखबर, काठमाण्डौ, 2018/04/01
फिल्म ‘सम्झना’ मा समावेश ‘उकालीमा अघिअघि’ बोलको गीत विना अनुमती युवा स्टार अनमोल केसी अभिनीत फिल्म ‘कृ’ मा राखिएको भन्दै चोरीको आरोप लगाउँदै निर्देशक शम्भु प्रधानले प्रहरीमा जाहेरी दिए । 
 
उनको जाहेरीको आधारमा ‘कृ’ निर्माता सुवास गिरीलाई १७ घण्टा प्रहरीले अनुसन्धानका लागि हिरासतमा समेत राख्यो । अन्तिममा शम्भु प्रधानलाई ११ लाख क्षतीपूर्ती र युट्युबबाट गीत हटाइने सहमतीपश्चात् निर्माता गिरी प्रहरी हिरासतबाट मुक्त भए । 
 
 
शम्भु र गिरीबीच भएको मिलापत्र अनुसार ‘कृ’ मा समावेश ‘उकालीमा अघिअघि’ गीत युट्युबबाट हटाइएको छ । उक्त गीतको ठाउँमा हाइलाइट्स नेपालले ‘ढुकढुकी बढ्छ मेरो’ बोलको गीत राखेको छ । गीतको बाँकी अंश पुरानै रहेपनि ‘उकालीमा अघिअघि’ वाक्यको ठाउँमा ‘ढुकढुकी’ राखिएको छ । 
 
‘उकालीमा अघिअघि’ भन्दा अगाडि नै संगीतकार तथा गायक अल्मोडा राना उप्रेतीले यो गीत तयार पारेका थिए । तर, निर्माता भुवन केसीको आग्रहमा यस गीतमा ‘उकालीमा अघिअघि’ वाक्य थपिएको थियो । 
 
‘ढुकढुकी’ गीतमा अल्मोडा राना उप्रेती र सविन एकतारेको शब्द रहेको गीतमा अल्मोडा आफैंले स्वर र संगीत भरेका छन् । 
 
अनमोल केसी र नायिका अदिती वुढाथोकीलाई फिचरिङ गीतको भिडियोमा ‘ढुकढुकी’ वाक्य सुरु भएपछि केही अचल तश्बिरहरु राखिएको छ । 
 
भिडियो :-