Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

‘हैरान’ को शीर्ष गीतमा नाचे सत्यदेखि बलेसम्म

फिल्मीखबर, काठमाण्डौ, 2018/04/01
जेठ ४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘हैरान’ को शीर्ष गीतको छायांकन सकिएको छ । राजधानी स्थित एनएफडिसीमा सेट लगाएर यसको सुट गरिएको हो । गीतमा फिल्मका सम्पूर्ण कलाकारलाई फिचर्ड गरिएको छ । 
 
 
फिल्मको सम्पूर्ण काम सकिएता पनि गीत भने बाँकी थियो । गम्भीर विष्टको कोरियोग्राफीमा तयार गीतमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल (बले), निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका सम्पूर्ण कलाकार देखिनेछन् । 
 
विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको फिल्मलाई कमेडी जनरमा तयार पारिएको छ । गीतमा शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ भने यसलाई सत्य-स्वरूपले सरगम आचार्य र बबिता मनाधरसँग मिलेर गाएका छन् । 
 
यसमा गिरिश खतिवडाको र्‍याप रहेको छ भने यसलाई राजन इशानले एरेन्ज गरेका हुन् । डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । 
 
फिल्मका कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको छ । 
 
‘हैरान’ मा नवराज उप्रेती र निरज कडेलको छायांकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।
Most Visited News (monthly)