बलिउड एक्टर टाइगर श्राफ र एक्ट्रेस दिशा पटानीको फिल्म ‘बागी २’ शुक्रवारबाट रिलिज भएको छ । रिलिज भएसँगै फिल्मले बक्सअफिसमा आक्रामक कलेक्सन गर्न सुरु गरेको छ ।
यस फिल्मले पहिलो दिन २५.१० करोड कलेक्सन गर्दै 'पद्मावत' को पहिलो दिनको कलेक्सन रेकर्ड समेत तोड्यो । अब फिल्मको दोस्रो दिनको कलेक्सन रिपोर्ट पनि सार्वजनिक भएको छ ।
ट्रेड एनालिस्ट रमेश बालाको ट्वीट अनुसार, दोस्रो दिन फिल्म ‘बागी २’ ले २२ करोड कलेक्सन गरेको छ ।

फिल्मको दुई दिने कलेक्सन 'प्लस' गर्ने हो भने भारतीय बक्सअफिसमा यसले ४७ करोड कमाउन सफल भएको छ । यस फिल्मलाई दर्शक र क्रिटिक्सबाट मिक्स रिभ्यू मिलिरहेको छ ।
टाइगरको एक्सनलाई दर्शकले औधी रुचाएका छन् भने अभिनयलाई पनि उत्कृष्ट बोलेका छन् । निर्देशक अहमद खानले 'बागी' फ्रेन्चाइजीलाई एक कदम अगाडि लिएर गएका छन् ।
फिल्ममा इमोशन, सस्पेन्स, थ्रिल र एक्सन सटिक छ । पुलिसको भूमिका निर्वाहा गरेका रणदीप हूड्डाको अन्दाज एकदम अलग छ । मनोज बाजपेयीको स्क्रीन प्रजेन्स र भूमिकामा ट्विस्ट निकै रोचक छ ।
प्रतीक बब्बरको इन्ट्री जर्बजस्त छ । फिल्ममा दिशा पाटनी निकै सुन्दर देखिएकी छिन् । टाइगरसँग उनको जोडी रियल लाग्छ ।

