Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

टाइगरको ‘बागी २’ मा के छ खास ?

एजेन्सी, मुम्बई, 2018/03/31
‘बागी २’ मा इमोशन छ, सस्पेन्स छ, थ्रिल छ र टन्नै एक्सन छ । यति भएपछि अरु के चाहियो र ? यसलाई टोटल पैसा असुल फिल्म भन्दा गलत हुँदैन । एक एक्सन थ्रिलर सस्पेन्स फिल्म हो यो र अन्तिमसम्म उत्सुकता जस्ताको त्यस्तै बनाएर राख्छ । 
 
यसको कहानी बताउनु सही नहुन सक्छ तर फिल्मको बारेमा केही विशेष कुरा हामी यो प्योकजमा तपाईहरुलाई बताउँदैछौं ।  
 
 
१. यो टाइगर श्राफको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट फिल्म हो । यसमा उनले एक्सन र डान्समा उत्कृष्ट काम पस्केका छन् । फिल्ममा दिशा पाटनी निकै सुन्दर देखिएकी छिन् । टाइगरसँग उनको जोडी रियल लाग्छ । 
 
२. पुलिसको भूमिका निर्वाहा गरेका रणदीप हूड्डाको अन्दाज एकदम अलग छ । मनोज बाजपेयीको स्क्रीन प्रजेन्स र भूमिकामा ट्विस्ट निकै रोचक छ । प्रतीक बब्बरको इन्ट्री जर्बजस्त छ ।    
 
३. निर्देशक अहमद खान 'बागी' फ्रेन्चाइजीलाई एक कदम अगाडि लिएर गएका छन् । चाहे त्यो एक्सनमा होस्, इमोशन होस् वा ग्राफ । सबै विलकुलै सटिक छ । 
 
४. पूरा फिल्ममा उत्सुकता जीवितै राख्न सक्नु फिल्मको सबैभन्दा ठूलो उपलब्धि हो । ज्याकलीनमाथी फिल्मांकन गरिएको माधुरी दीक्षितको चर्चित नम्बर 'एक दो तीन' को आवश्यकता फिल्ममा महशुस हुन्न । 
 
फिल्ममा यो गीत जर्बजस्ती हालिएको छ । यो गीतबाट फिल्मको फ्लो टुटेको छ । तर, यसलाई बेवास्था भने गर्न सकिन्छ । 
 
५. टाइगर र दिशामाथी फिल्मांकन गरिएको रोमान्टिक गीत 'साथी तेरे बिना' निकै सुन्दर छ ।  
Most Visited News (monthly)