Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीप र साम्राज्ञीलाई ‘पपुलर अवार्ड’

फिल्मीखबर, काठमाण्डौ, 2018/03/30
युवा पुस्तामाझ पपुलर दुई स्टार प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नेपाल चलचित्र कलाकार संघले दोस्रो ‘फान अवार्ड २०७३’ मा ‘स्टार अफ द ईयर’ प्रदान गरेको छ । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले दुबैलाई शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरे । छोटो समयमा सर्वाधिक चर्चा र डिमाण्डमा रहन सफल भएको भन्दै संघले यो कपललाई पपुलर अवार्ड प्रदान गरेको हो । 
 
साम्राज्ञीको तेस्रो फिल्म ‘तिमीसँग’ चैत २३ मा रिलिज हुँदैछ भने प्रदीपको ‘लिलिबिली’ चैत ३० गतेबाट प्रदर्शनमा आउँदैछ । पपुलर अवार्ड उचाल्न स्टेज चढ्दै गर्दा दुबैको अ‍ोठमा मुस्कान देखिन्थ्यो । 
 
 
प्रधानमन्त्री ओलीबाट प्रमाणपत्र पाएपछि प्रदीपले स्टेजमै केहीबेर साम्राज्ञीको प्रतिक्षा गरे । साम्राज्ञीले पनि प्रमाणपत्र प्राप्त गरेपछि प्रदीप आफैंले उनलाई मिडियामा फोटोका लागि आग्रह गरे । 
 
स्टेजमा पोज-पोजका तश्बिर खिचाउँदा भद्दा देखिने हुँदा दुबैले सर्तकतापूर्वक प्रमाणपत्र बोकेको तश्बिर मिडियामा खिचाए । तर, यी दुईले दोहोरो कुराकानी गरेको स्टेजमा देखिएन ।
 
साम्राज्ञी, प्रदीपसँग बोल्न केही असहज महशुस गरिरहेकी थिइन् । प्रदीपले साइन गरेको ‘भैरवी’ मा साम्राज्ञी अनुवन्धित भएको खबर भाइरल बनिरहँदा यी दुई पहिलो पटक मिडियाको क्यामेरामा एकसाथ कैद भएका हुन् । 
 
यसअघि प्रदीपलाई बधाई दिन साम्राज्ञी ‘प्रेमगीत २’ को सक्सेस पार्टीमा उपस्थित भएकी थिइन् । तर, यसबेला मिडियाको अगाडि दुबैले तश्बिर भने खिचाएनन् । 
Most Visited News (monthly)