Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा नेपाली कलाकार हुने

फिल्मीखबर, काठमाण्डौ, 2018/03/30
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत २३ गते भारत भ्रमणमा निस्कँदा एक नेपाली कलाकार साथमा लिएर जाने वचन बोलेका छन् । शुक्रवार काठमाडौंको आर्मी अफिसर्स क्लबमा आयोजित दोस्रो ‘फान अवार्ड’ लाई सम्बोधन गर्ने क्रममा उनले आफू भारतीय फिल्म उद्योग र नेपाली फिल्मलाई जोड्ने बताए । 
 
प्रधानमन्त्री ओलीले नेपाली फिल्म क्षेत्रलाई थप बलियो बनाउन भारत र नेपाली फिल्म क्षेत्रबीच सहकार्य हुन आवश्यक रहेको औंल्याए ।
 
उनले भने, ‘मैले चैत २४ गते भारतका चर्चित कलाकारहरुसँग छलफल गर्ने भएको छु । डिनरसहित । उहाँहरुलाई मैले नेपाल जस्तो सुन्दर देशमा सुटिङका लागि आउन आग्रह गर्नेछु । र, पहिलो पटक प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा एक नेपाली कलाकार पनि हुनेछन् ।’ 
 
 
‘क्यानाडामै गएर फिल्म खिचे पनि ब्याकग्राउन्ड राम्रो भएन भने त्यसको अर्थ हुँदैन । फिल्म राम्रो बन्नका लागि लोकेशन पनि राम्रो हुन आवश्यक छ । त्यो सुन्दरताले भरिपूर्ण देश नेपाल हो । यसकारण म भारतीय कलाकारहरुलाई नेपालमा सुटिङका लागि आउन आग्रह गर्नेछु ।’ प्रधानमन्त्री ओलीले भने । 
 
उनले भारत भ्रमणबाट फर्किए लगत्तै भारत र नेपाली कलाकारबीच काठमाडौंमा सरकारकै अग्रसरतामा ‘फिल्म सम्मेलन’ आयोजना गर्ने पनि उद्घोष गरे ।
 
उनले थपे, ‘म पनि कलाको प्रेमी हुँ । यो देश कलाले भरिपूर्ण छ । भारत जस्तो शक्तिशाली देशसँग हाम्रो सहकार्य आवश्यक छ । यसैले त्यहाँको फिल्म इन्डष्ट्री र नेपाली फिल्म क्षेत्रबीच सहकार्य गरेर उल्लेख्यनिय काम गर्न आवश्यक देख्दछु । यसका लागि म आफैं अग्रसर हुनेछु ।’ 
 
सम्बोधनको क्रममा प्रधानमन्त्री ओली थप्छन्, ‘नेपाल ह्यान्डसम र ब्यूटिफूलहरुको देश हो । तपाईहरु आफ्नो अभिनय कला कथा अनुसार होइन देशको माग अनुसार ढाल्नुस् । के देशको माग अनुसार अभिनय गर्दा ग्ल्यामरस देखिँदैन र ?’
 
उनले साधन स्रोतले भ्याएसम्म नेपाली फिल्म क्षेत्रको विकासमा सरकार जस्तोसुकै सहयोग गर्न तयार हुने विश्वास दिलाए । 
Most Visited News (monthly)