फिल्म ‘बेबी आई लभ यू’ को गीत ‘कान्छी मायालु’ लाई युट्युबमा अहिलेसम्म ८१ लाख भन्दा बढी पटक हेरिसकिएको छ । ‘कार्टुन्ज क्रु’ टिम फिचरिङ गीतले गज्जबकै चर्चा बटुलिरहँदा अन्ततः यस फिल्मको प्रदर्शन मिति तय गरिएको छ ।
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले वर्ष २०७५ को जेठ १८ गतेलाई प्रदर्शन मिति लक गर्दै फिल्मको फर्स्टलुक पोष्टर सार्वजनिक गर्यो ।

फिल्मको मुख्य भूमिकामा नायक सन्तोष खड्गी छन् । सन्तोषको यो डेब्यु फिल्म हो । साथमा सरोज खनाल, पुजा तिवारी, निर्मल शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी र किरण के. शर्मालगायतका कलाकारहरुको अभिनय छ ।
लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित यो फिल्ममा शिव न्यौपानेको लगानी रहेको छ । जनक पाण्डेको निर्देशनमा बनेको यो फिल्ममा सह–निर्माता सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् ।
गीत हेर्नुहोस् :-
‘बेबी आई लभ यू’ मा सुवास देवकोटाको सम्पादन, सरोज अधिकारीको कोरियोग्राफी, निरज केसीको साउण्ड मिक्सिङ रहेको छ । ‘कान्छी मायालु’ गीतका कारण फिल्मको व्यापारमा ठूलो सहयोग पुग्ने निर्माण पक्षको विश्वास छ ।

