Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फर्स्टलुक सार्वजनिक गर्दै ‘मनाङ्गे नानी’ को रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/03/30
वर्ष २०७५ को बैशाख १४ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘मनाङ्गे नानी’ को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको दुई रोमान्टिक पोष्टर रिलिज गर्‍यो । 
 
 
पोष्टरमा अभिनेता भिम गुरुङ र अभिनेत्री शान्ती गुरुङ रोमान्टिक मूडमा देखिएका छन् । यस फिल्ममा रिया गुरुङ, जेनिशा गुरुङ, कुशल गुरुङ, जेनिशा गुरुङ, खुशी गुरुङलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ । 
 
मनाङको आसपासमा खिचिएको फिल्ममा कथा, पटकथा तथा संगीत निर्देशक खुस बहादुर गुरुङको छ । यसलाई गौतम गुरुङ, सोलेबहादुर गुरुङ, भिमराज गुरुङ र टिकामाया गुरुङले मिलेर निर्माण गरेका हुन् । 
 
 
सुभेच्छा फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित उक्त फिल्ममा श्रीकृष्ण फुयाँलको छायांकन, जनक गुरुङको द्वन्द्व छ भने सम्पादनको जिम्मेवारी मित्र गुरुङले सम्हालेका छन् । 
Most Visited News (monthly)