Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो रह्यो ‘लिलिबिली’ को मोफसल टुर ?

फिल्मीखबर, काठमाण्डौ, 2018/03/30
युवा स्टार प्रदीप खड्का जोडिएका कारण निर्माण अगावैदेखि चर्चामा रहेको फिल्म ‘लिलिबिली’ अब प्रदर्शनको संघारमा छ । चैत ३० गतेबाट देशैभरका हलमा फिल्म चढ्दैछ । यसैक्रममा झन्डै पाँच दिने मोफसल टुर सकाएर ‘लिलिबिली’ टिम काठमाडौं ‘ब्याक’ भएको छ । 
 
 
चितवनबाट सुरु भएको फिल्मको सांगीतिक रोड कन्सर्टको धमाल दमक, धरान र बिर्तामोडसम्म गुञ्जियो । जहाँ प्रदीपसँगै जसिता गुरुङ, निर्देशक मिलन चाम्स, निर्माता सुदिप खड्का, नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमालको उपस्थिति थियो । 
 
जहाँ-जहाँ कन्सर्ट गरिएको थियो त्यहाँ प्रदीपको एक झल्को हेर्नकै लागि हजारौं दर्शकको भीड जम्मा भएको थियो । फिल्मीखबरलाई प्राप्त तश्बिरमा पनि त्यो झलक हेर्न सकिन्छ । युवतीहरु ‘आई लभ यू’ भन्दै चिच्याउनेदेखि गुलाबको फूल बोकेर जर्बजस्ती स्टेज चढ्नेहरु प्रशस्तै थिए । 
 
 
‘प्रेमगीत’ को प्रेम आँखै अगाडि देख्दा कति युवतीले आँशु रोक्न सकेनन् । उनीसँग सेल्फी खिच्न पनि गज्जबकै लुछामारी भएको थियो । धेरथोर प्रशंसकको मोवाइलबाट उनले सेल्फी पनि लिए । 
 
प्रदीप भन्छन्, ‘दर्शकको यो मायाले अत्यन्त खुसी छु । त्यो अपार मायामाथि कहिल्यै कुठाराघात हुनेखालको काम गर्ने छैन । जहाँ-जहाँ म पुगेँ त्यहाँका दर्शकहरु ‘लिलिबिली’ हेर्न इच्छुक भएको मैले पाएँ । फिल्मको गीतहरु समेत कन्ठ रहेछ । खुसी लाग्यो ।’
 
उता नव-अभिनेत्री जसिता पनि मोफसल टुरमा पाएको दर्शकको साथबाट उत्साहित भएको सुनाउँछिन् । 
 
 
मिलन चाम्स निर्देशित यस फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।
 
काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन रहेको फिल्मका हरेक एक दृश्य सुदिप बरालले खिचेका हुन् ।
Most Visited News (monthly)