अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘नेप्टे’ को ‘आँखा छ चिम्रो’ बोलको गीत सार्वजनिक भएको छ । विशन राई र दीपा लामाको स्वर रहेको गीतमा अभिनेता तथा यस फिल्मका निर्माता रोहित रुम्बाको शब्द र संगीत सुन्न सकिन्छ ।

गीतमा रोहित, ए गुरुङ र वुद्दि तामाङ (हैट) अभिनेत्री पूर्णिमा लामालाई आफ्नो बनाउने भन्दै अड्डि कसेका छन् । कविराज गहतराज गीतका कोरियोग्राफर हुन् ।
फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्मको कथा रोहित आफैंले लेखेका छन् । ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।
तारा थापा 'किम्भे' को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा छुल्ठिम गुरुङ्ग, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
भिडियो :-
अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ । चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको ‘नेप्टे’ मा दयाहाङले खलनायकको भूमिका निर्वाहा गरेका छन् ।

