अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरी अभिनीत फिल्म ‘ड्रिम गर्ल’ असार २९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । निर्देशक ऋषिराज आचार्यले यस फिल्म डिसिएनले बितरण गर्ने सम्झौता भएको बताए ।

विल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डितलगायतका कलाकारले पनि अभिनय गरेको फिल्म काठमाडौ, मुस्ताङ, राराताल तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको हो ।
फिल्मको मुख्य निर्माता पनि निर्देशक ऋषिराज आफैं हुन् । सह-निर्मातामा अर्जुन शर्मा, दक्षिण भारतको रिल एण्ड रियल सिनेमाका अन्टा रोचा रोवन र रामेश्वर घिताल छन् ।
आरबि मुभिजको ब्यानरमा बनेको प्रेमकथानक फिल्ममा अर्जुन पोखरेलले संगीत छ । राहुल राईले खिचेको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन् ।

