Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमिर-फातिमाको दोस्तीले कटरीना चिन्तित

एजेन्सी, मुम्बई, 2018/03/29
मल्टिस्टारर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को स्टारकास्ट अचेल फिल्मको सुटिङमा व्यस्त छन् ।
 
यसैबीच, आमिर खान र फातिमा सना शेखको बोन्डिङ देखेर कटरीना कैफ चिन्तित र खुसी देखिएकी छैनन् ।  
 
एक रिपोर्टका अनुसार, कटरीनालाई फिल्ममा आफ्नो रोल काटेर फातिमालाई बढी स्क्रीन टाइम दिइएको छ । जसका कारण फातिमाको आमिर खानसँग बोन्डिङ छ । 
 
मुभीमा हिरोइनको धेरै रोल छैन । यो फिल्म स्क्रिप्टको बेलादेखि नै आमिर र अमिताभ बच्चनको थियो ।
 
कटरीनाले आदित्य चोपडा र यश राज फिल्मससँग राम्रो सम्बन्धका कारण यो प्रोजेक्ट हात पारेकी हुन् । 
 
तर, आमिर-फातिमाको बढ्दो फ्रेन्डशिपबाट कटरीना इनसिक्योर फिल गरिरहेकी छिन् ।
 
खबरअनुसार, कटरीनाले यी सबै कुरा आदित्य चोपडाको अगाडि राखिसकेकी छिन् । उनले एक्ट्रेसलाई भरोसा दिलाएका छन् कि उनको रोलमा कुनै तलमाथी हुने छैन । 
 
फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ यस वर्षको ७ नोेभेम्बरमा रिलिज हुँदैछ । यसका निर्देशक विजय कृष्णा आचार्य हुन् । यो फिल्म यस वर्षको मोस्ट अवेटेड मुभिज मध्ये एक हो । ‘ठग्स अफ हिन्दोस्तान’ मा आमिर र अमिताभको लुक निकै फरक छ । 
Most Visited News (monthly)