Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरक्षाले गरिन् दयाहाङको नृत्यको तारिफ

फिल्मीखबर, काठमाण्डौ, 2018/03/28
नेपाली अभिनेताहरुको सबैभन्दा कमजोर पक्ष भनेकै नृत्य हो । एकसमय दीलिप रायमाझी, रमित ढुंगाना, आर्यन सिग्देल, स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलगायतका अभिनेताहरु नृत्यमा अब्बल मानिन्थे । अहिलेका अभिनेताहरुको अभिनय क्षमता राम्रो भएपनि नृत्य उदेकलाग्दो हुन्छ । 
 
नाच्न नआउने अभिनेताको सूचीमा अग्रपंक्तिमा आउँछ दयाहाङ राईको नाम । यो कुरा उनी आफैं स्वीकार गर्छन् । उनी भन्छन्, ‘मलाई नाच्न आउँदैन । कुनै गीतमा नाच्नु पर्ने भयो भने मलाई तीन दिन अगाडि देखि नै ज्वरो आउँछ ।’ मोटो शरीर भएका कारण उनलाई नृत्य सहज लाग्दैन । 
 
तर, पछिल्लो समय भने उनले एकपछि अर्को फिल्मका गीतमा मज्जाले कम्मर मर्काउनु परेको छ । फिल्म ‘कान्छी’ को ‘चरी चट्ट परि’ गीतमा अभिनेत्री श्वेता खड्कासँग उनले ठुम्का लगाए ।
 
यसैविच, मंगलवार उनी अभिनीत नयाँ फिल्म ‘भैरे’ को गीत सार्वजनिक भयो । ‘सनम माया ला'को’ बोलको गीतमा दयाले अभिनेत्री सुरक्षा पन्तसँग कम्मर भाँचेका छन् ।  
 
 
सोही गीत सार्वजनिक गर्न मंगलवार राजधानीमा एक कार्यक्रम राखिएको थियो । जब बोल्ने पालो आफ्नो आयो तब दयाले ठाडै भनिहाले, ‘गीत रिलिज हुने भनेपछि मैले निर्देशक एभरेष्ट सूर्य बोहरालाई पहिला ट्रेलर गरौँन भनेको थिएँ । ट्रेलर भएको भए अनि आनन्द हुन्थ्यो होला गीत भनेपछि गाह्रै हुन्छ मलाई ।’ 
 
उनले थपे, ‘२ दिनमा सकिने गीत मेरो कारणले चार दिन लाग्यो ।’ यस्तैमा अभिनेत्री सुरक्षाले दयाहाङसँग नृत्य गर्दाको अनुभव सुनाउन थालिन् । उनले भनिन्, ‘म त दङ्गै थिएँ दया दाईसँग नाच्न पाउँदा । खुट्टै भुईँमा थिएन ।’ 
 
सर्वाधिक कति टेकसम्म खानु पर्‍यो ? पत्रकारको प्रश्न जन्मियो । सुरक्षाले जवाफ दिइन्, ‘गीतमा दया दाईले भन्दा बढी टेक मैले खाएँ । यो सत्य हो । मेरो पहिलो पटक गीतमा नृत्य गरेकी हुँ । दया दाईलाई त अनुभव छ । कहाँ के गर्नु पर्छ भन्ने कुरा उहाँलाई राम्रोसँग थाहा छ ।’ 
 
उनले थप्दै भनिन्, ‘गीतमा नाच्न दया दाईले बरु मलाई सिकाउनु भएको थियो ।’ उनको छेवैमा रहेका दयाले नृत्यको विषयमा आफ्नो तारिफ सुन्दा हाँसो रोक्न सकेनन् । हल पनि हाँसो र तालिले गुञ्जियो । 
 
के विस्तारै-विस्तारै दयाहाङ नाच्न सिपालु भएका हुन् ? तपाईलाई के लाग्छ ?  
 
‘भैरे’ को गीत हेर्नुस् :-
 

Most Visited News (monthly)