Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कृ’ निर्माता र प्रधानबिच ११ लाखमा मिलापत्र

फिल्मीखबर, काठमाण्डौ, 2018/03/28
अभिनेता अनमोल केसीले अभिनय गरेको फिल्म ‘कृ’ का निर्माता सुवास गिरी हिरासत मुक्त भएका छन् । यस फिल्ममा समावेश ‘उकालीमा अघिअघि’  बोलको गीत चोरीको आरोपमा उनलाई मंगलवार साँझ अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको थियो । 
 
२०४० सालमा प्रदर्शनमा आएको अभिनेता भुवन केसी अभिनीत तथा शम्भु प्रधान निर्मित/निर्देशित फिल्म ‘सम्झना’ मा समावेश उक्त गीत विना अनुमती फिल्म ‘कृ’ मा राखिएको भन्दै केही हप्ता अगाडि काठमाडौं प्रहरी परिसर, टेकुमा निर्देशक प्रधानले निर्माता भुवन केसीविरुद्ध जाहेरी दर्ता गराएका थिए । 
 
 
तर, चलचित्र विकास बोर्डमा ‘कृ’ निर्मातामा सुवास गिरीको नाम रहेका कारण प्रहरीले उनलाई मंगलवार साँझ अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।
 
बुधवार दिउँसो प्रहरी परिसर, टेकुमा शम्भु र निर्माता गिरीबिच ११ लाखमा मिलापत्र भएको छ । अब निर्माता गिरीले प्रधानलाई क्षतीपूर्ती स्वरुप उक्त रकम दिनु पर्नेछ । 
 
मिलापत्रमा ‘कृ’ युट्युबमा आउँदा ‘उकालीमा अघिअघि’ वाक्य काट्नु पर्नेछ । विदेश प्रदर्शनमा भने गीत यथावत नै रहनेछ । यसअघि जाहेरी दिँदा निर्देशक प्रधानले फिल्मको मुनाफाको ५० प्रतिशत चाहिने भन्दै अड्डि कसेका थिए । 
 
‘कृ’ मा रहेको ‘धेरै पछि सम्झना, आँखा छोपी बसन’ बोलको गीतमा ‘उकालीमा अघिअघि’ को टुक्रा पुरानै धुनमा समावेश गरिएको छ ।
 
युट्युबमा ओरिजिनल म्यूजिकमा रञ्जित गजमेरलाई क्रेडिट दिइएको छ भने, रिमेक म्यूजिकमा अल्मोडा राना उप्रेतीको नाम छ । यसैगरी रिमेक लिरिक्समा अल्मोडा र सविन एकतारेको नाम रहेको छ ।

 

Most Visited News (monthly)