Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैशाख ७ मा नरेन र भावनाको ‘स्वर्ग मेरो गाउँ’

फिल्मीखबर, काठमाण्डौ, 2018/03/28
माघ १२ गतेबाट पोस्टपोन्ड भएको अभिनेता नरेन खड्का स्टारर फिल्म ‘स्वर्ग मेरो गाउँ’ अब वर्ष २०७५ को बैशाख ७ गतेबाट देशैभर प्रदर्शनमा आउने भएको छ । 
 
विविध कारणले पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन नसकेपनि अब बैशाख ७ गतेबाट फिल्मको रिलिज डेट फेरबदल नहुने निर्माता तथा निर्देशक रामकृष्ण बजगाइँले जानकारी दिए । 
 
 
फिल्मले शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन लागेको कथा बोल्छ । यस फिल्ममा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ ।
 
नरेनले ‘स्वर्ग मेरो गाउँ’ मा गाउँले युवकको भूमिका निर्वाहा गरेका छन् । पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।
 
गोविन्द राई यसका कोरियोग्राफर हुन् । रामचन्द्र काफ्ले, प्रिति कौर र मिना निरौलाले ‘स्वर्ग मेरो गाउँ’ का गीतमा स्वर दिएका छन् । उक्त फिल्मको कथा सुनिता बराल बजगाइँले लेखेकी हुन् ।
Most Visited News (monthly)