Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सलमानसँग ‘भारत’ र ‘किक २’ गर्दै बबी

एजेन्सी, मुम्बई, 2018/03/28
सलमान खान बलिउडका सुपरस्टार हुनुको साथसाथै दोस्रो कलाकारलाई स्टार बनाउन पनि माहिर छन् । मिडिया रिपोर्ट्सका अनुसार, सलमान यतिबेला सनी देओलका भाई बबी देओलको करिअर सुधार्न लागीपरेका छन् । 
 
बबी ‘रेस ३’ मा सलमानसँग देखिँदैछन् । यस फिल्मको सुटिङको क्रममा बबीको काम देखेर दबंग खान खुसी भएका थिए । खबरअनुसार, सलमानले आफ्नो नयाँ दुई फिल्ममा उनलाई अनुवन्धित गर्ने तयारी थालेका छन् । 
 
 
सलमानको नयाँ फिल्म ‘भारत’ र ‘किक २’ हो । बबीलाई लिएर यस्तो खबर बाहिर आएको छ, जुन सुनेर उनका फ्यान खुसीले गदगद हुनेछन् । 
 
केही हप्ता अगाडि ‘किक २’ को घोषणा गरिएको थियो र निर्माता साजिद नाडियाडवालाले यो फिल्म अर्को वर्षको क्रिसमसमा रिलिज गर्ने जानकारी दिएका थिए । 
 
भारतीय मिडियाका अनुसार, सलमानले यस फिल्मका लागि साजिदसँग बबीलाई लिनका लागि आग्रह गरेका छन् ।  
 
यस्तै, सलमानको नयाँ फिल्म ‘भारत’ मा पनि बबी देखिने सम्भावना प्रवल छ । उनले हालैमा बबी देओलका लागि फिल्म ‘यमला पगला दीवाना फिर से’ का लागि एक स्पेशल गीतको सुटिङ गरेका थिए । 
Most Visited News (monthly)