Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो बनेर आयो दया र सुरक्षाको ‘भैरे’ गीत

फिल्मीखबर, काठमाण्डौ, 2018/03/27
वर्ष २०७५ को जेठ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘भैरे’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले मंगलवार राजधानीमा एक कार्यक्रमका बीच दयाहाङ राई र सुरक्षा पन्त फिचरिङ ‘सनम माया ला'को’ गीत सार्वजनिक गर्‍यो । 
 
 
एभरेष्ट सूर्य बोहराको शब्द रहेको गीतमा यम बरालले संगीत भरेका छन् । यम र अञ्जु पन्तको स्वर गीतमा सुन्न सकिन्छ । गीतले प्रेमभाव बोल्छ । भिडियोमा दया र सुरक्षाको केमेष्ट्री कमालको देखिएको छ । कोरियोग्राफर बसन्त श्रेष्ठले भेषभुषामा विशेष ध्यान दिएका छन् । 
 
गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङले सन्चो नभएको अवस्थामा पनि ‘भैरे’ मा काम गरेको स्मरण गरे । उनी भन्छन्, ‘मलाई नाच्न भनेपछि ज्वरो आउँछ । तर यस गीतमा म आफैं देखिनु पर्ने भएका कारण आफ्नो तर्फबाट गर्न सक्ने प्रयास गरेको छु ।’ 
 
यस्तै, अभिनेत्री सुरक्षाले ‘सनम माया ला'को’ गीतमा दयाहाङभन्दा आफूले धेरै टेक खाएको अनुभव सुनाइन् । उनी भन्छिन्, ‘दया दाईसँग नाच्न पाउँदा म फुरुङ्ग थिएँ । तर नाच्दा खेरि भने नभर्स भएँ ।’ 
 
 
उनी थप्छिन्, ‘दया दाईलाई नाच्न आउँदैन भन्ने कुरा सबै गलत हो । मलाई बरु नाच्न गाह्रो भयो । दया दाईले राम्रो नाच्नुहुन्छ । उहाँ परफेक्ट हुनुभइसक्यो ।’ उनले यसो भन्दै गर्दा दयाले हाँसो रोक्न सकेनन् ।
 
एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण सिन खिचेका हुन् । 
 
गीत हेर्नुहोस् :-
 

 

करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादनको जिम्मेवारी बनिष शाहले सम्हालेका छन् । 
 
 
सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।
Most Visited News (monthly)